arrow
ADVERTISEMENT

भारतीय चार खोकीको औषधिमा डब्ल्यूएचओले अलर्ट जारी गर्‍यो, ६६ बालबालिकाको मृत्यु भएको शंका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २० बिहिबार
cough-syrup.jpeg

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले चारतीय कम्पनीका चार रुघाखोकीका सिरप औषधिलाई लिएर अलर्ट जारी गरेको छ । डब्ल्यूएचओले गाम्बियामा ६६ बालबालिकाको मृत्युको कारण यही सिरप भएको हुनसक्ने भन्दै सचेत गराएको हो । 

अलर्टपछि भारत सरकारले हरियाणाको उक्त फर्मास्यूटिकल्स कम्पनीमा जाँच शुरु गरेको छ । डीजीसीआईले हरियाणा ड्रग्स रेग्युरेटरीसँग पनि सम्पूर्ण विवरण मागेको छ । रिपोर्ट आएपछि कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । 

भारतीय समाचार संस्थाहरुले विभिन्न सूत्रको प्रयोग गर्दै सोनिपतस्थित मेडेन फर्मास्युटिकल्स लिमिटेड कम्पनीले गाम्बियामा सिरफ पठाएको थियो । अहिलेसम्म कम्पनीले कुनै स्पष्टिकरण दिएको छैन । 

डब्ल्यूएचओका अनुसार यो सिरप अन्य अफ्रिकी देशहरुमा पनि पठाइएको आशंका छ । यस्तोमा भारतीय सरकारले तुरुन्तै जाँच गराउनु पर्नेमा जोड दिइएको छ । 

डब्ल्यूएचओले ६६ बालबालिकाको मृत्यु भएपछि औषधिको जाँच गरेको छ । प्रयोगशालामा भएको जाँचका क्रममा सबै नमूनामा आवश्यकताभन्दा बढी डायथिलिन ग्लाइकल र एथिलिन ग्लाइकिलको मात्रा पाइएको छ । 

रिपोर्ट आएपछि डब्ल्यूएचओका प्रवक्ताले कफ सिरप खाएपछि मृगौलामा गम्भीर असर पुग्ने र ६६ बालबालिकाको मृत्यु पनि त्यसकै कारण भएको हुन सक्ने बताए । 
डब्ल्यूएचओले प्रोमेथाजिन ओरल सोलुसन, कोफेक्समालिन बेबी कफ सिरप, कमाम्प बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप विरुद्ध हाइअलर्ट जारी गरेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ