arrow

पहिरोले वालिङ–जगत सडकखण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
waling-nagarpalika.png

वालिङ । स्याङ्जाको वालिङ–जगत सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ– ५ झल्र्याङ्दी नजिकै पहिरो खस्दा अवरुद्ध भएको हो ।

गएराति ९ बजेतिर सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ– ५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिए । 

अविरल वर्षाका कारण ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रु बीच बाटोमै रोकिएका छन् । 

दशैं बिदाका बेला अपरेटर टीका थाप्न घरघरमा रहेको हुँदा केही ढिला भएको छ । अपरेटरलाई खबर गरिएको र उनीहरु बिहानै आइसकेकाले जतिसक्दो छिटो अवरुद्ध सडक खुलाउन प्रयास गरिने उनको भनाइ थियो  ।

अरु बेलामा पनि सवारीसाधनको चाप बढी हुने यस सडकमा दसैँको बेला झनै बढी चाप हुने गर्छ । अवरुद्ध बाटो खुलाउन कम्तीमा पनि चार–पाँच घण्टा लाग्नसक्ने वडाध्यक्ष आलेले बताए । मङ्गलबार रातिदेखि अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ