arrow

पहिलो एक दिवसीयमा भारतलाई निराशा, दक्षिण अफ्रिका नौ रनले विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
india-south-africa-odi-2022-10-06.jpg

काठमाडौं । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एक दिवसीय क्रिकेटमा नौ रनले हराएको छ । बिहीबार राति वर्षा भएपछि खेल ४० ओभरमा झारिएको थियो । जितसँगै तीन खेलको शृंखलामा दक्षिण अफ़्रिकाले १–० को अग्रता बनाएको छ ।

२ सय ५० रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रनमा समेटियो । भारतका सन्जु सामसनले अविजित रहँदै ६३ बलमा ८६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । श्रेयस आयरले ३७ बलमा ५० रनको योगदान गरे । दक्षिण अफ्रिकाका लुंगि एनगिडीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनायो । पाँचौं विकेटका लागि अविजित १३९ रन जोड्ने क्रममा डेभिड मिलरले अविजित रहँदै ६३ बलमा ७५ रन बनाए । त्यस्तै प्लेयर अफ द म्याच हेनरिक क्लासेनले ६५ बलमा अविजित रहँदै ७४ रनको योगदान गरे । 

भारतका सार्दुल ठाकुरले २ विकेट लिए । यो हारपछि भारतले शिखर धवनको नेतृत्वमा खराव शुरुआत गरेको छ । नियमित कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहली भने टिममा समावेश छैनन् । 

दोस्रो खेल आइतबार राँचीमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ