arrow

पहिरोमा पुरिएर प्यूठानमा छ जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
Pyuthan-hamrakura.jpg.jpeg

प्यूठान । प्यूठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्यूठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । 

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती (नाम नखुलेको), १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् । 

दिउँसो साढे ३ बजे घटना भए लगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली घटनास्थलतर्फ गएको प्रवक्ता थापा मगरले जानकारी दिए । “अत्यधिक वर्षाका कारण जताततै पहिरोले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ”, उनले भने ।   

इलाका प्रहरी कार्यालय विजुवारबाट प्रहरी निरीक्षक दिपेन्द्र बानियाको नेतृत्वमा सात जना तथा सशस्त्र प्रहरी आश्रित गुल्म विजुवारबाट प्रहरी नायव निरीक्षक ऋषिराम बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा गएको छ ।

पहिरो गएको ठाउँ सदरमुकामबाट २४ किलोमिटर टाढा पर्छ । “सडक खुलाउन समय लाग्ने भएकाले प्रहरी टोली पैदल नै घटनास्थलतर्फ जाँदै छ”, प्रवक्ता थापा मगरले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ