- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चुनावमा होमिएको सरकारले डेंगी नियन्त्रणमा लापरबाही गरेको छ । डेंगीका बिरामी र मृतक बढ्दै जाँदासमेत सरकारले नियन्त्रणका लागि कुनै ठोस कदम चालेको छैन ।
संक्रमितको संख्यामा समेत चासो नदिएको सरकारी तथ्यांकअनुसार हाल संक्रमितको संख्या ३२ हजार ८९० पुगेको छ । तर सरकारी अस्पताल बाहेकको तथ्यांक डरलाग्दो छ ।
बस्तीबस्तीमा संक्रमितहरु रहेका कारण पनि सरकार डेंगी नियन्त्रणमा चुकेको स्पष्टै हुन्छ । सबैभन्दा बढी काठमाडौंको स्थिति भयावह रहेको छ ।
सरकारले सिटामोलसमेत उपलब्ध गराउन नसकेको अवस्थामा डेंगीको भन्दा चुनावको चासो दिएको स्पष्टै हुन्छ ।
डेंगीबाट अहिलेसम्म ४२ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।