arrow

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
election-commission-nepal.jpg

कञ्चनपुर । प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन आचारसंहिता २०७९ को पूर्ण रुपमा पालना भए-नभएको बारे निर्वाचन आयोगले सूक्ष्म रुपमा अनुगमन गर्ने भएको छ ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा शनिबार साँझ आयोजित आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले निर्वाचन आचारसंहिता पालना भए- नभएको बारे अनुगमन गर्नका लागि निर्वाचन आयोगले गोप्य रुपमा टोली खटाउने भएको बताए ।

“आयोगले खटाउने टोलीले गोप्य रुपमा अनुगमन गर्छ”, उनले भने, “टोली आएको बारे हामीलाई पनि थाहा हँुदैन, आचारसंहिता उल्लङ्घन गरेको पाइए नियमानुसार कारबाही हुन्छ ।” उनका अनुसार जिल्लाबाट समेत आचारसंहिता पालना गरे- नगरेको बारे अनुगमन हुने बताए । 

“निर्वाचनलाई निष्पक्ष, भयरहित र सौहाद्र्र वातावरणमा सम्पन्न गर्न सबै पक्षबाट आचारसंहिताको पालनामा सहयोगको अपेक्षा गरेका छौँ”, उनले भने, “निर्वाचनलाई व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक छ ।” 

राजनीतिक दलसँग छलफल गरेर नै निर्वाचन आयोगले आचारसंहिता बनाएकाले आचारसंहिताको पालना गर्नुको विकल्प नरहेको उनले बताए । छलफल कार्यक्रममा सहभागी नेपाली कांग्रेसका पार्टी प्रतिनिधि लालबहादुर सिंहले आयोगले जारी गरेको निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रुपमा पालना गर्न पार्टी प्रतिबद्ध रहेको बताए । 

नेकपा (माओवादी केन्द्रका लोकेन्द्रबहादुर ऐरीले यसअघिका निर्वाचनमा जारी गरिएको आचारसंहिता पालना गरिएको उल्लेख गर्दै यस पटकको निर्वाचनमा समेत जारी आचारसंहिता पूर्ण रुपमा पालना गर्नका लागि प्रतिबद्ध रहेको बताए ।

छलफल कार्यक्रममा मनोनयन गर्दा गर्न जाँदा २५ जनाभन्दा बढी सहभागी, मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्दा प्रस्तावक, समर्थक, पार्टीको जिम्मेवार व्यक्ति र उम्मेदवार मात्रै प्रवेश गर्ने सहमति भएको छ । 

भीडभाड नगरीकनै मनोनयन दर्ताको कार्य सौहार्द्र वातावरणमा सम्पन्न गर्ने राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता व्यक्त गरेका छन् । 

मनोनयन गर्ने समय बिहान १० देखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ । राजनीतिक दलहरुलाई मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयले दलका प्रतिनिधिको रायका आधारमा समय निर्धारण गरेको छ । 

मुख्य राजनीतिक दलहरुले दिउँसो १२ बजेपछि मात्रै मनोनयनका लागि समय माग गरेका छन् । मनोनयन गर्न आउँदा ल्याउनुपर्ने कागजपत्रका बारे समेत पार्टी प्रतिनिधिलाई कार्यक्रममा जानकारी दिइएको थियो । 
–––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ