- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गण्डकी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनको आज हुने उम्मेदवार मनोनयन दर्ताका लागि दलहरू अन्तिम तयारीमा जुटेका छन् ।
कास्कीमा क्रियाशील राजनीतिक दलमध्ये गठबन्धनका दल, नेकपा (एमाले) तथा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरू पनि उम्मेदवारी दर्ताको तयारीमा लागेका हुन् ।
उम्मेदवारी मनोनयनको तयारी सम्बन्धमा कास्कीका गठबन्धनका दलहरूको बैठक नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसिरहेको कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए ।
एमालेका तर्फबाट कास्कीका तीनवटै क्षेत्रमा दिउँसो १ बजे आसपासको समयमा मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले जानकारी दिइन् ।
निर्वाचन आयोगको तालिकाअनुसार दिउँसो १० देखि ५ बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम छ ।
यसअघि उम्मेदवारी मनोनयनलाई लक्षित गरी प्रदेश निर्वाचन कार्यालय पोखराले शनिबार जिल्लामा क्रियाशील राजनीतिक दलसहितको सर्वपक्षीय बैठक गरेको थियो ।
कास्कीमा क्षेत्र नं १ को पशु सेवा निर्देशनालय परिसर हस्पिटल चोक, क्षेत्र नं २ को पोखरा सभागृह परिसर, सभागृहचोक र क्षेत्र नं ३ को जिल्ला समन्वय समितिको कार्यालयमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता हुने जनाइएको छ ।