arrow

उम्मेदवार मनोनयन पत्र दर्ता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया शुरु भएको छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न शुरु गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया शुरु भएको हो । उम्मेदवारी दर्ता अहिले बिहान १० बजे शुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । 

मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ