arrow

यूरोपेली यूनियनका पर्यवेक्षक पूर्वाग्रही बनेको गावनका राष्ट्रपतिको आरोप

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
Ali-Bongo.jpeg
पेरिस । गावनका राष्ट्रपति अलि वोङ्गोले राष्ट्रपतीय निर्वाचनमा पर्यवेक्षणका लागि त्यहाँ पुगेका यूरोपेली यूनियन (इयु) का प्रतिनिधिले निष्पक्ष सूचना दिन चुकेको भनी बुधबार आलोचना गरेका छन् । उनीहरूले आफ्ना प्रतिस्पर्धि जीन पिङको पक्षमा लागेर आफूमाथि आधारहीन आलोचना गरेको दावी राष्ट्रपति वोङ्गोले गरेका हुन्। 
 
मङ्गलबार निर्वाचन पर्यवेक्षक समुहले आफ्नो प्रतिवेदन पेश गर्दै वोङ्गोको प्रभाव क्षेत्र हाउट ओगुइमा ‘प्रष्ट अनियमितता’ भएको जनाएको थियो । राष्ट्रपति वोङ्गोले फ्रान्सको आरटीएल रेडियोसँगको अन्तर्वार्तामा प्रतिद्वन्द्वी पिङको प्रभाव क्षेत्रमा व्यापक चुनावी अनियमितता भएको र यसबारे इयूलाई जानकारी गराउन पनि आग्रह गरेका छन् । 
 
यसअघि गावनका राष्ट्रपति बोङ्गोले निर्वाचनमा बहुमत ल्याउन गैरप्रजातान्त्रिक तथा गैरन्यायिक बाटो लिएको भनी आलोचना आइरहेका बेला मङ्गलबार यहाँका न्यायमन्त्रीले समेत मतगणनाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । फ्रान्सले विवादलाई मिलाउन मत गणनालाई दोहोर्‍याउन आग्रह गरेको थियो । 
 
राष्ट्रपति बोङ्गोले सामान्य (करिब छ हजार) मत अन्तरले आफू विजयी भएको घोषणा गरेका थिए । यसप्रति फ्रान्सका प्रधानमन्त्री म्यानुयल भल्जले अविश्वास प्रकट गर्दै पुनः मत गणना गर्न आग्रह गरिसकेका छन् । 
 
भल्जले निर्वाचन प्रणाली स्पष्ट हुनुपर्छ भन्दै मतगणनाले केही शङ्का उत्पन्न गरेकाले दोहोर्‍याएर मत गन्नु बुद्धिमानी हुने बताएका थिए । 
 
फ्रान्सले युरोपियन युनियन तथा संयुक्त राज्य अमेरिकाले भने झै हरेक मत केन्द्रको परिणाम छुट्टिने गरी मतगणना गर्न गावनलाई सल्लाह दिएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ