arrow

गठबन्धनविरुद्ध कांग्रेसका पुराना नेता गुरुङले गरे उम्मेद्वारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
Mahadev Gurung.jpg

पोखरा । नेपाली कांग्रेसका पुराना नेता महादेव गुरुङले कास्की क्षेत्र नं. २ का लागि उम्मेद्वारी दर्ता गराएका छन् । यस क्षेत्रमा गठवन्धनको तर्फबाट श्रीनाथ बरालले टिकट पाएका छन् । 

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व पर्यटन राज्यमन्त्रीसमेत रहेका गुरूङले सत्ता गठबन्धनबाट विद्रोह गर्दै उम्मेद्वारी दर्ता गराएका हुन् । उनी नेपाल तरूण दलका पूर्व अध्यक्ष र जिविस कास्कीका पूर्व सभापतिसमेत हुन् ।

मुलुकलाई बचाउन आफूले विद्रोह गर्नुपरेको उनले बताएका छन् । उनले आफ्नो उम्मेद्वारी हिन्दूराष्ट्र पुनस्थापनाका लागि पनि भएको स्पष्ट पारे । 

गुरुङले बालगोपाल श्रेष्ठको प्रस्ताव र सूर्यप्रसाद लम्सालको समर्थकमा उम्मेद्वारी दर्ता गराएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ