arrow

रेखा थापासहित दुई सय ३१ महिलाले दिए उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
rekha-thapas.jpg

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा हालसम्म दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् ।

निर्वाचन आयोगको बेलुका ९ बजेसम्म प्राप्त तथ्याङ्कानुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न दुई सय ३१ महिलाले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट पाँच जना रहेका छन् । अर्घाखाँचीबाट कांग्रेस नेतृ तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ-२ बाट सुजाता कोइराला, सिरहा-२ बाट चित्रलेखा यादव र मकवानपुर-१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ रहेका छन् ।

त्यस्तै नेकपा (एमाले)का सात जनाले उमेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । त्यसमध्ये स्याङ्जा-१ बाट पद्मा अर्याल, कञ्चनपुर-३ बाट निरूदेवी पाल, दाङ-१ बाट शान्ता चौधरी, दाङ-३ बाट कोमल वली, सुनसरी-३ बाट भगवती न्यौपाने, डोटीबाट गौरी ओली र कास्की-२ बाट विद्या भट्टराई रहेका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट काठमाडौँ-२ बाट ओनसरी घर्ती, काठमाडौँ-९ बाट कल्पना धमला, काठमाडौँ-७ बाट मानुषी यमी भट्टराई, ललितपुर-३ बाट पम्फा भुसाल र दाङ-२ बाट रेखा शर्मा गरी पाँच महिलाले उम्मेदवारी दिएका छन् । 

त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट गुल्मी-२ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ-३ मा रेखा थापाले उम्मेदवारी दिएकी छन् । 

प्रतिनिधि सभातर्फ कुल दुई हजार चार सय ७४ मध्ये दुई हजार दुई सय ४२ पुरुष र महिला दुई सय ३१ जना प्रतिस्पर्धामा छन् भने प्रदेशसभामा तीन हजार तीन सय ९३ मध्ये पुरूष तीन हजार ९९, महिला दुई सय ९३ र अन्य एक रहेको निर्वाचन आयोगले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ