arrow

आज उम्मेदवारविरुद्ध उजुरी, यस्तो छ निर्वाचन तालिका र उम्मेदवारहरुको सूची

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि ५ हजार ८८९ जनाको उम्मेदवारी परेको जनाएको छ । यद्यपि यो तथ्याङ्क अझै तलमाथि हुन सक्ने आयोगले जनाएको छ । 

यीमध्ये प्रतिनिधि सभाका लागि २ हजार ४८४ जना र प्रदेश सभाका लागि ३ हजार ४०५ जनाको उम्मेदवारी परेको हो । आयोगले आजदेखि उम्मेदवारबारे थप प्रक्रिया अगाडि बढाउँदै छ । 

निर्वाचन आयोगको तालिकाअनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । 

त्यस्तै मनोनयन पत्र र उजुरी उजुर जाँचबुझ गरी निर्णय गर्ने समय २४ र २५ गतेका लागि तोकिएको छ । यसको समय दिउँसो ३ देखि ५ बजेसम्मलाई तोकिएको छ । 

उम्मेदवारको नामावली प्रकाशन गर्ने समय २५ गते साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । 

उम्मेदवारको नाम फिर्ता लिने समय २६ गतेलाई तोकिएको छ । बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिन्छ । 

उम्मेदवारको अन्तिम नामावली २६ गते दिउँसो १ देखि ३ बजेसम्म गरिने छ । 

२६ गते नै अपरान्ह ४ देखि बेलुकी ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । 

यस्तो छ प्रतिनिधि सभामा उम्मेदवारी दिनेको सूची –

यस्तो छ प्रदेश सभामा उम्मेदवारी दिनेको सूची –


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ