arrow

कपिलवस्तुमा सुरेन्द्रराज आचार्यसहित एक सय ४६ जनाको मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
surendraraj-acharya.jpg

कपिलवस्तु  । कपिलवस्तुबाट आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि एक सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका तीन प्रतिनिधि सभा र छ प्रदेश सभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी उक्त सङ्ख्यामा आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा प्रतिनिधि सभा क्षेत्र नं १ बाट २२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रबाट सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)का चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)ले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभा-१ (क)तर्फ भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डोलकराम घिमिरेले र एमालेलेका तर्फबाट विष्णु पन्थीले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा (ख) तर्फ सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले फैजल खानलाई उम्मेदवार बनाएको छ । 

माओवादी, कांग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी कांग्रेसमा आएर टिकट पाएका छन् । यहाँ एमालेले मधुसुदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधि सभा-२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ सत्ता गठबन्धनले कांग्रेसका सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ । एमालेले वृजेशकुमार गुप्तालाई उठाएको छ । प्रदेश सभा-२ (क) मा सत्ता गठबन्धन बाट कांग्रेसका विक्रमसिंह थापाले मनोनयन दर्ता गराएका छन्। 

एमालेबाट नवराज लामिछानेले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा-२ (ख) मा सत्ता गठबन्धनले  कांग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ । 

प्रतिनिधि सभा-३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट कंग्रेसका अभिषेकप्रताप साहले मनोनयन दर्ता गराएका छन् । एमालेले मङ्गलप्रसाद गुप्तालाई उठाएको छ । प्रदेश सभा-२ (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका एहसान खान उम्मेदवार बनेका छन् । एमालेले अर्जुन केसीको मनोनयन दर्ता गराएको छ । 

प्रदेश सभा-३ (ख)मा सत्ता गठबन्धनबाट वीरेन्द्र कानौडिया र एमालेबाट रजाउर्मान खाँले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ