arrow
ADVERTISEMENT

सिन्धुपाल्चोकमा छ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
Sindhupalchok-hamrakura.jpg.jpeg

सिन्धुपाल्चोक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
 
प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका छन् । विभिन्न दल र स्वतन्त्रसमेत गरी प्रतिनिधिसभा क्षेत्र नं १ मा १४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १४ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन र प्रतिनिधिसभा क्षेत्र नं २ मा तीन गरी छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
 
प्रदेशसभातर्फ भने ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए । प्रदेशसभा-१ (क)मा नौ, प्रदेशसभा-१ (ख) मा छ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये प्रदेशसभा (ख) मा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय चौताराका सूचना अधिकारी राजकुमार चौधरीले जानकारी दिए । 

प्रदेशसभा-२ (क) मा नौ र (ख) मा नौ जनाको उम्मेदवारी परेको हो । तीमध्ये (क)मा दुई र (ख) एक गरी तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका उहाँले जानकारी दिए ।

प्रतिनिधिसभा क्षेत्र नं १ तर्फ
सरेश नेपाल- नेकपा (एमाले), माधव सापकोटा- नेकपा (माओवादी केन्द्र), दिनेश श्रेष्ठ- राष्ट्रिय स्वतन्त्र पार्टी, दावा लामा- मङ्गोल नेशनल अर्गनाइजेशन, वीरबहादुर तामाङ- राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, रामकुमार जिसी- स्वतन्त्र, सोमनोर्बु शेर्पा- आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मुकुन्द श्रेष्ठ- स्वतन्त्र, डिबीसिंह लामा- जनता समाजवादी पार्टी नेपाल, विष्णुप्रसाद पौडेल- स्वतन्त्र, कृष्णबहादुर ठकुरी- नेपाल कम्युनिष्ट पार्टी (माले), नारायण पाण्डे- राष्ट्रिय प्रजातन्त्र पार्टी, हरिलक्ष्मी दनेखू- नेपाल मजदुर किसान पार्टी, ग्याल्जेन शेर्पा- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् । 

प्रदेशसभा-१ (क)तर्फ आशिष लामा (तामाङ)- तामाङसालिङ लोकतान्त्रिक पार्टी, सोमबहादुर लामा- मंगोल नेशनल अर्गनाइजेशन, युद्धविक्रम तामाङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले), राजेश लामा- जनता समाजवादी पार्टी नेपाल, मसिना खड्का- नेपाली कांग्रेस, श्यामलाल शाक्य- नेपाल मजदुर किसान पार्टी, निर्मला श्रेष्ठ- राष्ट्रिय प्रजातन्त्र पार्टी, कृष्णबहादुर तामाङ- नेपाल कम्युनिष्ट पार्टी (माले), टुल्कु लामा- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् । प्रदेशसभा (ख)तर्फ गोविन्ददास गुभाजु- मङ्गोल नेशनल अर्गनाइजेशन, होमनारायण श्रेष्ठ- नेपाल कम्युनिष्ट पार्टी (एमाले), भक्तबहादुर भण्डारी- स्वतन्त्र, सरल सहयात्री पौडेल- माओवादी केन्द्र, दीपक थापा- राप्रपा, फुर्पा दोर्जे लामा- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ तर्फ
प्रतिनिधिसभा क्षेत्र नं २ तर्फ शेरबहादुर तामाङ- एमाले, मोहनबहादुर बस्नेत- नेपाली कांग्रेस, ध्रुवप्रसाद पराजुली, कर्णवीर स्यांबु लामा- मङ्गोल नेशनल अर्गनाइजेशन स्वतन्त्र, माया गुरुङ- राष्ट्रिय स्वतन्त्र पार्टी, बद्रीप्रसाद चौलागाईँ- स्वतन्त्र, श्यामबहादुर तामाङ- आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मङ्गलसिं तामाङ- जनमत पार्टी, दिलीप विक- राप्रपा नेपाल, नरसिं श्रेष्ठ- राप्रपा, लक्ष्मीप्रसाद कुसी- नेपाल मजदुर किसान पार्टी, दावाछिरिङ शेर्पा- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, यस्मिन ढुङ्गाना- स्वतन्त्र, कविराज गिरी- नेकपा (माले)ले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी प्रदेशसभा-२ (क) तर्फ जिमी लामा- स्वतन्त्र, अर्जुन तामाङ- मङ्गोल नेशनल अर्गनाइजेशन, अमानसिं तामाङ- एमाले, बाबुराम खड्का- राप्रपा, युवराज दुलाल- माओवादी केन्द्र, रत्नकाजी नायभारी- नेमकिपा, फडिन्द्रप्रसाद दाहाल- स्वतन्त्र, छिरिङवाङदी शेर्पा- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, चेतनाथ गिरी- नेकपा (माले) र प्रदेशसभा-२ (ख)तर्फ सुनजित तामाङ- मङ्गोल नेशनल अर्गनाइजेशन, ललितकुमार तामाङ- तामाङसालिङ लोकतान्त्रिक पार्टी, हस्तबहादुर पण्डित (क्षेत्री)- एमाले, कृष्णबहादुर तामाङ- जनता समाजवादी पार्टी, लालबहादुर तामाङ- जनमत पार्टी, गोविन्द गुरुङ- राप्रपा, कृष्णकुमार तामाङ- कांग्रेस, राजमती लवजु- नेमकिपा, योगेन्द्रराज सिग्देल- स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ