arrow

उजुरी दिने क्रम जारी, यस्तो छ प्रक्रिया 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
election-commission1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेविरुद्ध उम्मेदवारी दिने क्रम जारी छ । बिहान १० बजेदेखि शुरु भएको उजुरीको क्रम दिउँसो ३ बजेसम्म जारी रहने छ । 

निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृत समक्ष उक्त समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूचि–१६ बमोजिम उजुरी दिन सकिनेछ । 

उम्मेदवारको योग्यताको सम्बन्धमा कुनै उम्मेदवार वा निजको प्रतिनिधिले उजुरी दिन सक्नेछन् । 

कसैले उजुरी दिएमा निर्वाचन अधिकृतले सो उजुरी प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१७ बमोजिमको दर्ता किताबमा दर्ता गरी निर्देशिकाको अनुसूची–१८ बमोजिमको भर्पाई सम्बन्धित उजुरीकर्तालाई दिनु पर्नेछ । 

निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि सो म्याद भित्र दर्ता हुन आएका उजुरीको विवरण उक्त निर्देशिकाको अनुसूची–१९ बमोजिम तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।  

यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो सो पक्षले सो सूचनामा तोकिएको समयमा प्रमाण सहित उपस्थित हुनु पर्ने व्यहोरासमेत उल्लेख गर्नु पर्नेछ ।

यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ