arrow

यस्तो हुनेछ एक साताको राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ । २०७९ असोज २४ सोमबार -  २०७९ असोज ३० आइतबारसम्मकाे राशिफल ।

साप्ताहिक राशिफल :

मेष : असोज अन्तिम हाता विरोधीपक्ष परास्त, रोगबाट मुक्त, शारीरिक सुख भएता पनि कडा परिश्रम, कुलकुटुम्बबाट दुःख कष्ट, शरीरमा बात, पित्तको समस्याले सताउने, खराब कार्यमा मन लाग्ने, राज्यपक्षबाट अपमान बेहोर्नु पर्ने, अध्ययनमा अवरोध, शेयर कारोबारमा हानी, प्रेम तथा दाम्पत्य जीवनमा मनमुटाब बढ्ने देखिन्छ । हरियालीतिर यात्रा गर्नु आवश्यक रहेको छ । कार्य सिद्धि, व्यापारमा लाभ, सञ्चित धन नोक्सान, बिरोधीपक्ष परास्त, यात्रामा कष्ट हुनुका साथै धन हानी हुन सक्ने सम्भावना बढेर गएको छ । यस्तै, यो साता फजुलको खर्च बढ्न पनि सक्छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मङ्गलबारबाट कुनै समाचारले मनमा शान्ति छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष : असोज महिनाको अन्तिम यात्रा प्राप्त भए पनि कष्टकर यात्रा, क्रोध बढ्ने देखिन्छ, शारीरिक कष्ट बढ्ने, सन्तान सुख, बोलीमा प्रभावकारिता, विद्यार्थीवर्गमा अध्ययनमा मन लाग्ने, धनका साथै स्वास्थ्यमा सुधार, फलाम, तेल, रक्सी जस्ता कार्यबाट धनलाभ, आँखामा समस्या बढ्ने देखिन्छ । धन हानी, सन्तानलाई रोगले सताउने, राज्यपक्षबाट अनेक किसिमका झन्झट,अपमान व्यहोर्न पर्ने, दुःख कष्ट कडा परिश्रम गर्नु पर्ने, कार्यमा असफलता, बिलासिता सामाग्रीमा मन लाग्ने, साझेदारी कार्यमा नोक्सान, दाजुभाइसँग सम्बन्धमा चिसो पन, पशु चौपायाबाट हानी नोक्सानी बेहोर्न पर्ने छ । यस्तै, यो साता आँटेको र ताकेको कार्य पनि पुरा होला । लाभदायक यात्राहरू हुनेछ । वित्तीय संस्था र शेयर बजारबाट राम्रै सफता मिल्न सक्छ । मंगल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन : असोज महिनामा हप्ता घरगृहस्थी सुख, राज्यबाट सम्मान प्राप्त, यात्राको अवसर प्राप्त भएता पनि यात्रा झन्झटिलो आईपर्ने, सोचेको काम पुरा हुने, विद्यार्थीवर्गमा अध्ययनमा अवरोध, बोल्दा सावधानी अपनाउनु पर्ने देखिन्छ, व्यापार कारोबारमा लाभ हुने देखिन्छ, कुलकुटुम्बबाट साथ प्राप्त, नयाँ बाहन प्राप्त हुनेछ । छाती सम्बन्धी समस्याले सताउने छ । गुप्ताङ्ग सम्बन्धी रोगले सताउने देखिन्छ । चिडचिडापन शरीरमा पसिना आउने गर्मी सम्बन्धी समस्याले सताउने देखिन्छ । सन्तानबाट चिन्ता बढ्ने, दान धनमा मन लग्नुका साथै आँखामा कष्ट दिने देखिन्छ । यस्तै, यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कर्कट : असोज महिनामा अन्तिम साता रक्त सम्बन्धी समस्या देखा पर्नेछ । व्यापार कारोबारमा नोक्सान हुनेछ । धन सम्पत्ति प्राप्त हुने देखिन्छ । दाजुभाइ बिच मनमुटाब बढ्नुका साथै धन नोक्सान हुने देखिन्छ । परोपकारी कार्यमा मन लाग्नुका साथै धार्मिक यात्राको अवसर मिल्नेछ । विरोधीपक्षहरु परास्त हुनेछन् । विद्यार्थीवर्गमा अध्ययनमा सफलता, बोलीमा प्रभावकारी बढ्ने, प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनेछ । रोगबाट मुक्ति, कार्यमा सफलता, आनन्द सुख प्राप्त, झगडा विवाद, चिसो सम्बन्धी समस्याले सताउने, धनको अभाव, विद्यार्थीवर्गको अध्ययनमा सफलता, पैतृक सम्पत्तिको वृद्धि हुनेछ । धन सम्पतिमा हानी, शारीरिक कष्ट, सन्तानबाट विरोध हुनेछ । राज्यबाट मान सम्मानप्राप्त, भूमि तथा घर गृहस्थीबाट हानी नोक्सानी, मित्रजनवाट हानी नोक्सानी बेहोर्न पर्नेछ । यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

सिंह : असोज महिनामा दोस्रो अन्तिम कुलकुटुम्बको साथ सहयोग प्राप्त हुनेछ । आँखामा समस्या देखा पर्नेछ । परोपकारीका कार्यमा मन लाग्नेछ । धार्मिक यज्ञमा सहभागिता हुने अवसर प्राप्त हुनेछ । धन सम्पत्ति वृद्धि हुनेछ । खराब कर्ममा मन लाग्नुका साथै शरीरमा चोटपटकको सम्भावना बढेर गएको छ । आयस्रोतका अनेक बाटाहरू देखा पर्नेछन् । विरोधीपक्षहरु परास्त भएर जानेछन् । साथीभाइको सङ्गतले कुबुद्धिमा मन लाग्ने देखिन्छ । अकस्मात् धन लाभ समेत हुनेछ । सन्तान प्राप्त, राज्यबाट अपमान, भूमि तथा जग्गा प्राप्त, राज्यबाट सुख प्राप्त, मित्रजनवाट लाभ हुनेछ । यस्तै, यो साता लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । साताको अन्त्यबाट नयाँ कामको थालनी हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

कन्या : असोज महिनामाको अन्तिम साता शारीरिक पीडा हुने देखिन्छ । मनमा दम्भ बढ्नुका साथै दम्भका कारण हानी समेत हुन सक्नेछ । नसा, वाथ सम्बन्धी समस्याले सताउने छ । शारीरिक सुख प्राप्त हुनुका साथै आटेको काम समेत पूर्ण हुनेछ । खराब कर्ममा मन लाग्नुका साथै दाजुभाइ बिचमा विद्रोह बढ्ने छ । प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनुका साथै धार्मिक यात्राको अवसर समेत मिल्नेछ । शारीरिक सुख प्राप्त हुनेछ । रोगबाट पीडित, विरोधीपक्षहरु पराजय, साना साना कुरामा विवादमा पर्ने योग रहेको छ । धन सम्पत्तिमा कमी, शृङ्गारिक सामानबाट लाभ, सन्तानबाट पीडा, अकस्मात् रोगले सताउने, आँखामा समस्या हुनेछ । यस्तै, यो साता धार्मिक यात्राको योग छ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग नोलो या पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गा भवानीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला : असोज महिनामा अन्तिम हप्ता खराब कर्ममा मन लाग्नुका साथै आँखा सम्बन्धी समस्याले सताउनेछ । प्रेम तथा दाम्पत्य जीवनमा शुभ समाचार सुन्न पाइनेछ । खराब बुद्धिका कारण शारीरिक चोटपटकको सम्भावना बढ्ने जानेछ । सम्पत्ति नोक्सान भएर जानेछ । आर्थिक खर्च, चोटपटक, काममा ढिलासुस्तीको कारण मनमा दिक्दारपन आउने छ । अरूलाई दिएको धन सम्पत्ति आउने छैन भने आर्थिक नोक्सान समेत हुने देखिन्छ । काममा ढिलासुस्ती राज्यपक्षबाट अपमान सहनु पर्ने छ । विद्यार्थीवर्गमा अध्ययनमा अवरोधका साथै मौसमी रोगले सताउने छ । कामुकतामा वृद्धि, अध्ययनमा कडा मिहिनेत गर्नु पर्ने, भाइबाट अपमान बेहोर्न पर्ने, खराब कर्ममा मन लाग्ने, विरोधीपक्ष नोक्सान बेहोर्न पर्ने, स्वास्थ्यमा खराब, धनबाट कमीको महसुस अनुभूति गर्नु पर्ने, शृङ्गारिक सामानमा हानी बेहोर्नु पर्ने, राज्यपक्षबाट अनेक किसिमका झन्झट बेहोर्न पर्ने, शरीरमा पित्त, वायु सम्बन्धी समस्याले सताउने, सन्तानको भाग्यमा वृद्धि हुनेछ । यस्तै, यो साता उपहार पाइनसक्छ । अतिथिको रूपमा सत्कार पाइएला । छोटो दुरीको लाभदायक यात्रा रहला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक : असोज महिनामा महिनाको अन्तिम हप्ता राज्यपक्षबाट धनलाभ हुनेछ । आर्थिकका बाटाहरू प्रशस्त देखा पर्नेछन् । विद्यार्थी वर्गमा अध्ययनमा मन लाग्नेछ । स्वास्थ्यमा विविध समस्या देखा पर्नुका साथै चिसो, निमोनिया, वाथ सम्बन्धी समस्याले सताउने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट बढ्नुका साथै बिछोड हुन सक्ने सम्भावना बढेर जानेछ । शुभ काममा मन लाग्नुका साथै सत्कर्मको बाटो देखा पर्नेछ । घरगृहस्थीको सुख प्राप्तका साथै व्यापार कारोबारमा लाभ समेत हुनेछ । शृङ्गारिक सम्बन्धी कार्य गर्नेलाई प्रशस्त धनलाभ समेत हुनेछ । दिदीबहिनीसँगको सम्बन्ध राम्रो हुनेछ । आँखा सम्बन्धी समस्याले सताउनेछ । कामुकतामा वृद्धि, अध्ययनमा कडा मिहिनेत गर्नु पर्ने, भाइबाट अपमान बेहोर्न पर्ने, खराब कर्ममा मन लाग्ने, विरोधीपक्षबाट नोक्सान बेहोर्न पर्ने, स्वास्थ्यमा खराब, धनबाट कमीको महसुस अनुभूति गर्नु पर्ने, शृङ्गारिक सामानमा हानी बेहोर्नु पर्ने, राज्यपक्षबाट अनेक किसिमका झन्झट बेहोर्न पर्ने, शरीरमा पित्त, वायु सम्बन्धी समस्याले सताउने, सन्तानको भाग्यमा वृद्धि हुनेछ । यस्तै, यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । साताको अन्त्यमा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु : असोज महिनामा अन्तिम साता कुकर्ममा लाग्नुका साथै सन्तानबाट पीडा बेहोर्नु पर्ने देखिन्छ । अनेक किसिमका नयाँ–नयाँ कार्यहरू सम्पन्न हुनेछन् । विरोधीपक्षहरु परास्त हुनुका साथै विरोधीपक्षबाट धन लाभ समेत हुनेछ । राज्यपक्ष्यवाट मान सम्मान प्राप्त हुनुका साथै व्यापार कारोबारमा समेत लाभ हुनेछ । भूमि, जल सम्बन्धी कामबाट लाभ समेत हुनेछ । आयस्रोतका प्रशस्त बाटाहरू देखा पर्नेछन् । अनेक किसिमका दुःखकष्ट आई पर्नेछ । विद्यार्थीवर्गमा अध्ययन कार्यमा बढी मिहिनेत गर्नु पर्ने देखिन्छ । राज्यपक्षबाट लाभ, घर गृहस्थीको सुख प्राप्त, स्त्रीबाट लाभ, घरदेखि टाढाको यात्राको अवसर, खरिद बिक्री सम्बन्धी कार्यबाट लाभ, अकस्मात् धन लाभ समेत हुनेछ । यस्तै, यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग खैरो वा हल्का पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर : असोज महिनामा अन्तिम साता कडा भन्दा कडा मिहिनेत गर्नुका साथै दुःख कष्ट आई पर्नेछन् । खराब कर्ममा मन लाग्ने देखिएता पनि धार्मिक कार्यमा सरिक हुने अवसर समेत मिल्ने देखिन्छ । दिदीबहिनीहरूको साथ सहयोगबाट धनसम्पति लाभ हुनेछ । शारीरिक दुःखकष्ट आईपर्नेछ । धार्मिक कार्यमा सरिक हुनुका साथै धार्मिक यात्राको अवसर समेत मिल्नेछ । दाजुभाइ सितको सम्बन्धमा सुधार आउने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा शुभ रहने छ । विद्यार्थीवर्गका लागि बढी मिहिनेत गर्नु पर्ने छ । परोपकारी कार्यमा मन लाग्नुका साथै परोपकारमा समय बित्नेछ । राज्यपक्षबाट अपमान बेहोर्नु पर्ने, धार्मिक कार्यमा सरिक, आँखा सम्बन्धी समस्याले सताउने, खराब कार्यमा मन लाग्ने, यात्रामा अनेक विग्नबाधा आइपर्ने छ । नशा सम्बन्धी समस्याले सताउने देखिन्छ । मानसिक विक्षिप्त सम्बन्धी समस्याले सताउने छ । राज्यपक्षबाट अपमान हुनुका साथै जागिरमा रहेकाहरूलाई अपमान बेहोर्नु पर्ने, भाइप्रति स्नेह मोह जागेर आउनेछ । यस्तै, यो हप्ता महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । जोश जाँगर र हिम्मत वढ्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ : असोज महिनामा अन्तिम साता दुष्ट बुद्धि हुनुका साथै चोटपटकको सम्भावना बढेर जानेछ भने आगो सम्बन्धी बस्तुबाट पोलिने सम्भावना बढेर गएको छ । दिदीबहिनीहरूको साथ सहयोगबाट प्रशस्त धन लाभ हुनेछ । घरगृहस्थीको सुखमा कमी हुनुका साथै व्यापार कारोबारमा हानी मित्रजनबाट धोखा खानु पर्ने अवस्था आउने छ । विद्यार्थीवर्गका लागि बढी मिहिनेत गर्नु पर्नेछ । महिलाको कारण विविध किसिमका झन्झट आईपर्नुका साथै नोक्सान बेहोर्नु पर्नेछ । वैदेशिक यात्राको अवसर मिलेता पनि यात्रा बढी खर्चिलो समेत हुनेछ । घर गृहस्थी सुखमा कमी हुनेछ । रक्त सम्बन्धी अनेक समस्या देखा पर्नेछन् । बिरोधीपक्ष्यहरु परास्त हुनेछन् । ख्यातिप्राप्तका साथै परोपकारी कार्यमा मन लाग्नेछ । अध्ययन कार्यमा मन लाग्नेछ । धन हानी नोक्सानी बेहोर्नु पर्नेछ । मित्रजनबाट अकस्मात् धन लाभ हुनेछ । सन्तानको कारण भाग्यमा वृद्धि हुनेछ । यस्तै, यो साता प्रेम र मित्रताको । बन्धन कसिने बेलाछ । पढाइ लेखाइमा प्रगति हुनेछ सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग वैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन : असोज महिनामा अन्तिम साता प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक यात्राको समेत अवसर अवश्य मिल्ने देखिन्छ । अनेक किसिमको धन लाभ समेत हुनेछ । रिसलाई बढी अधीनमा राख्नु पर्ने देखिन्छ । सुन्दर प्रेममा रहने अवसर जुट्ने छ । मनमा आँट, जोश, जाँगर बढेर अगाडि बढ्ने विरोधपक्षहरु परास्त भएर जानेछन् । शरीरमा चोटपटकको सम्भावना समेत बढेर जाने देखिन्छ । राम्रो कार्य गरी कीर्ति फैलने अवसर समेत मिल्नेछ । सञ्चित धन नोक्सान हुने अवस्था आउनेछ । कुकुर, सर्प, अरिङ्गाल जस्ता जनावरबाट होसियार हुनु पर्ने देखिन्छ । धन एवं मान हानी हुनेछ । खराब मान्छे, चोरको डर हुनेछ । वैदेशिक कार्यमा हानी नोक्सान बेहोर्नु पर्नेछ । यात्रा कठिनपूर्ण रहनेछ । आय भन्दा व्यय बढ्नेछ । दाम्पत्य जीवनमा रोगका साथै शोक बढ्नेछ । मेसिनरी, कोइला, ढुङ्गा सम्बन्धी कारोबार गर्नेलाई लाभ हुनेछ । अध्ययनमा रुची कम हुनेछ । बिरोधीपक्षहरु बढ्ने सम्भावना रहेको छ । मलद्वार सम्बन्धी रोगले सताउने देखिन्छ । यस्तै, यो हप्ता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ