- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो ।
डडेल्धुराबाट उम्मेदवारी दिएका देउवाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा उत्रिएका कांंग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दिएका हुन् । देउवाको नामांकन जन्म मितिमा एउटा र मतदाता नामावालीमा अर्कै भएको भन्दै कर्णले उजुरी दिएका हुन् ।
पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको देउवाको जन्म मिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ ।
कानूनअनुसार मंगलबार आवश्यक छानबिन गरिने प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताएका छन् ।
आइतबार प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा देउवा वारेस भएर देउवाको उम्मेदवारी दर्ता गराएकी थिइन् । आरजू भने समानुपातिकमा छिन् ।