- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगीबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो ।
यो संख्या नेपालमा डेंगी भित्रिएपछिकै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगीका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।
हालसम्म डेंगी संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।
तर यो भन्दा कयौं गुणा संक्रमितहरु सरकारको तथ्याङ्कभन्दा बाहिर रहेका छन् । डेंगी परीक्षण र यसको रोकथामका लागि सरकारी प्रयास कमजोर हुँदा संक्रमित सरकारको पहुँचभन्दा बाहिर रहेका हुन् ।
यो तथ्याङ्कमा निजी अस्पतालमा परीक्षण गराउने, क्लिनिकमा रहेका ल्याबमा परीक्षण गराउने र निजी ल्याबमा परीक्षण गराउनेहरु समेटिएका छैनन् ।
तर बिरामीहरु गम्भीर प्रकृतिका पनि भएकाले सबैजसो अस्पताल भरिभराउ छन् ।