arrow

अरु पार्टी चुनावमा, विप्लव महाधिवेशनमा, आजदेखि शिवगढीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
Biplav-Netra-chand.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा शुरु हुँदैछ । 

काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो  

सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन् । मध्यान्ह १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ । सो महाधिवेशनमा कति प्रतिनिधि रहनेछन् त्यो भने खुलाइएको छैन । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रवाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेका चन्द सो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए । 

तीन वर्षअघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि विभाजन भएपछि पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गइरहेको निर्वाचनका बारेमा धारणा बनाउने भएकाले चासोको रुपमा हेरिएको छ ।

विप्लव समूहले मंसिर ४ को निर्वाचन भने बहिस्कार गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ