arrow

कुन दलका प्रतिनिधि सभातर्फ कति महिला उम्मेदवार ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
election-commission-election-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी २३५ जना महिलाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । 

उम्मेदवारी दिनेमध्ये ३६ राजनीतिक दलले मात्र एक वा एकभन्दा बढी संख्यामा महिला उम्मेदवार उठाएका छन् । सबैभन्दा महिला उम्मेदवार स्वतन्त्ररुपमा उठेका छन् । स्वतन्त्र रुपमा ८५ जना महिलाले प्रतिनिध सभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । 

राजनीतिक दलमध्ये सबैभन्दा बढी महिला उम्मेदवार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले उठाएका छन् । तीनै पार्टीले १२–१२ जना महिला उम्मेदार प्रतिनिधि सभा निर्वाचनमा उतारेका छन् । 

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ८, नेपाली कांग्रेसले ५, मंगोल नेशनल अर्गनाइजेसनले १०, जनता समाजवादी पार्टी, नेपालले ७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ६, हाम्रो नेपाली पार्टीले ४, राष्ट्रिय जनमुक्ति पार्टीले ८, जनमत पार्टीले २, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले ८, जनमत पाटीले २ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ३ जना महिला उम्मेदवार उठाएको छ । 

यस्तै, नेपाली कांग्रेस (वीपी) ले ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९, नागरिक उन्मुक्ति पार्टीले ३, जन समाजवादी पार्टी नेपालले ५, नेपाल आमा पार्टीर नेपाल नौलो जनवादी पार्टीर सचेत नेपाली पार्टीर नेपाल सुशासन पार्टीले ३, नेकपा मास्र्कवादी लेनिनवादीले २, नेकपा (एकीकृत समाजवादी) ले १, मौलिक जरोकिलो पार्टीले ३ र नेश्नलिष्ट पिपल्स पार्टीले ६ जना महिलालाई उम्मेदवार बनाएको छ । 

नेपालका लागि नेपाली पार्टीले १, आमूल परिवर्तन मसिहा पार्टी नेपालले २, जनता प्रगतिशिल पार्टी, नेपालले १, एकीकृत शक्ति नेपालले २, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले १, नेपाल जनता पार्टीले २, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले २, नेपाल संघीय समाजवादी पार्टीले १, नेपाल जनता दलले १, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले १, राष्ट्रिय जनमोर्चाले १, जनजागरण पार्टी नेपालले १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले १ र एतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले १ जना महिला उम्मेदवार उठाएको छ । 

विवेकशील साझा पार्टीले एक जना पनि महिला उम्मेदवार उठाएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ