arrow

दशैं सकियो, बढे कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
corona-omicron-nepal.jpg

काठमाडौं । बडादशैं सकिएसँगै कोरोना संक्रमित पनि बढ्दै गएका छन् । पछिल्ला केही दिनदेखि संक्रमित बढ्दै गएका हुन् । यसपालिको बडादशैं कोरोना भाइरस फैलिएपछिको सबैभन्दा बढी नै भब्य तरिकाले मनाइएको थियो ।

वर्षाले प्रतिकुल पारे बाहेक धेरै नै घुलमिल भएर दशैं मनाएकाले पनि संक्रमित फेरि बढ्दै गएका छन् । यो क्रम केही दिनमा थप बढ्दै जाने अनुमान गरिएको छ । मंगलबार ४४ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमित पनि बढेका छन् । 

मंगलबार पीसीआरबाट ३५ तथा एन्टिजेनबाट ९ जना संक्रमित पाइएका हुन् । मंगलबार २९ जनालाई मात्र निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सक्रिय संक्रमित बढेर ५७५ पुगेका छन् । यस दिन कसैको पनि ज्यान गएको छैन । हालसम्म कोरोनाबाट १२ हजार १८ जनाको ज्यान गएको सरकारी तथ्यांक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ