arrow

दक्षिण अफ्रिकालाई हराउँदै राख्यो भारतले रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
india-cricket-2022-10-11.jpg

काठमाडौं । भारतले १२ वर्षपछि पहिलो पटक दक्षिण अफ्रिकालाई घरेलु मैदानमा एक दिवसीय क्रिकेट श्रृंखलामा हराएको छ । भारतले तीन खेलको श्रृंखला २–१ ले जितेको हो । 

पहिलो खेल गुमाएको भारतले त्यसपछिका दुवै खेल जितेको हो । तेस्रो खेलमा मंगलबार भारत ७ विकेटले विजयी भयो । योसँगै १२ वर्षपछि पहिलो पटक भारतले घरेलु भूमिमा दक्षिण अफ्रिकालाई हराएको हो । यसअघि सन् २०१० मा भारतले २–१ ले जितेको थियो । 

सन् २०१५ मा भएको खेलमा भारतले पाँच खेलको श्रृंखला ३–२ ले गुमाएको थियो । तेस्रो खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले कमजोर खेल्दै २७.१ ओभरमा अलआउट हुँदै ९९ रनमात्र बनायो । भारतविरुद्ध यो सबैभन्दा कम स्कोर हो । यसअघि सन् १९९९ मा दक्षिण अफ्रिका भारतसँग ११७ रनमा अलआउट भएको थियो । तीन खेलाडीले मात्र दोहोरो स्कोर खडा गरेको इनिङ्समा हेन्रिच क्लासेनले सर्वाधिक ३४ रन जोडे । प्लेयर अफ द म्याच कुलदीप यादवले ४ विकेट लिए । 

जवाफमा भारतले १९.१ ओभरमा ३ विकेट गुमाएर जित निकाल्यो । शिखर धवनको कप्तानीमा रहेको भारतका लागि शुबमन गिलले ४९ तथा श्रेयस ऐयरले २८ रन बनाए । तीन खेलमा ५ विकेट लिएका मोहम्मद सिराज प्लेयर अफ द सिरिज बने । सिराजले अन्तिम खेलमा २ विकेट लिएका थिए । कुलदीप यादवले ६ विकेट लिएका थिए । 

भारत पहिलो खेलमा ९ रनले पराजित भएको थियो भने दोस्रो खेल पनि ७ विकेटले जितेको थियो । भारतले यसअघि तीन खेलको टी–२० श्रृृंखला २–१ ले नै जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ