arrow

१ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने, अन्तिम नामावली आजै, निर्वाचन चिह्न पनि दिइँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
election-commission-nepal.jpg

काठमाडौं । मङ्सिर ४ मा हुने  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज नाम फिर्ता लिन सक्नेछन् । आज बिहान १० देखि दिउँसाे १ बजेसम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । 

उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि आयोगले आज दिउँसाे १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । आजै अपराह्न ४ देखि बेलुकी ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । 

प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी परेको छ । 

यस्तै प्रदेश सभातर्फ तीन हजार एक सय ७८ पुरुष, दुई सय ९७ महिला र एक अन्य गरी तीन हजार चार सय ७६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ