arrow

सीमा सैन्य विवादबारे छलफलमा बेइजिङ्गको अनुपस्थितिले ढाका आक्रोशित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
china-economic-afghanistan.jpeg

काठमाडौं । सीमा क्षेत्रमा म्यानमारको सेनाको गतिविधिलाई लिएर जारी विवादबारे छलफलमा चीनको अनुपस्थितिलाई लिएर बंगलादेशले असन्तुष्टि व्यक्त गरेको छ ।

ढाकाले चीनको कुनै पनि प्रतिक्रिया बिनाको तटस्थतालाई सामान्य रुपमा नलिएको र यस विषयलाई ध्यानमा राखेको बंगलादेशको विदेश मन्त्रालयले जनाएको छ ।

बंगलादेशको विदेश मन्त्रालयले बंगलादेशमा काम गरिरहेका आसियान बाहेकका मुलुकका राजदूत र उच्च आयुक्तहरुलाई सीमा क्षेत्रमा म्यानमारको सेनाको गतिविधिबारे जानकारी दिन आग्रह गरेको थियो । तर चिनियाँ राजदूत ली जी मिंग यसमा उपस्थित भएका थिएनन् ।

मंगलबार बिहान राष्ट्रिय गेस्ट हाउस पद्मामा बैठक बसेको थियो । भारत र रुसका राजदूत उपस्थित नभए पनि उनीहरुले प्रतिनिधि पठाएका थिए । तर चिनियाँतर्फबाट भने अनुपस्थिति रहेको थियो ।

यस बाहेक बैठकमा युरोपेली युनियनका सबै जसो प्रतिनिधिहरु र संयुक्त राज्य अमेरिका, बेलायत, इजिप्ट, दक्षिण कोरिया, टर्की, ब्राजिल, साउदी अरेबिया र जापानका प्रतिनिधिहरु पनि सहभागी रहेका थिए ।

चीनको यो हर्कतलाई कुटनीतिक सम्बन्धमा दरार सिर्जना गर्न खोजेको रुपमा लिइएको छ । यस्तै यसले म्यानमारका लागि चीनको पूर्ण समर्थनलाई प्रष्ट पारेको बंग्लादेश लाइभ न्यूजले जनाएको छ ।

नाम नखुलाउने शर्तमा बंगलादेशको परराष्ट्र मन्त्रालयका एक अधिकारीले छोटो समयमै जानकारी दिएको अवस्थामा पनि अन्य सबै देशका प्रतिनिधिहरु उपस्थित भएको बताएका छन् । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको हिस्सा भए पनि र व्यापार र लगानीमा बृद्धिको आनन्द उठाउँदै पनि बंगलादेशले चीनको लाठी हुन अस्वीकार गरेको छ ।

यस बाहेक बंगलादेश चिनियाँ कम्पनीहरूको अनैतिक व्यवहारबाट पीडित छ । किनभने यहाँका अधिकारीहरूले ढाकामा बेइजिङस्थित फर्महरू वा तिनका सहायक कम्पनीहरूले कर छलीका धेरै घटनाहरू फेला पारेका छन् ।

बंगलादेशमा व्यापार गर्ने चिनियाँ कम्पनीहरूले कर छली र चुरोट, मदिरालगायत अन्य वस्तुको तस्करीमा निरन्तर संलग्न छन् । चिनियाँ कम्पनीहरूको बेइमानी व्यवहारले बंगलादेशको कोषमा ठूलो नोक्सान पुर्‍याइरहेको बंगलादेश लाइभले रिपोर्ट गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ