arrow

इजिप्टमा सवारी दुर्घटना, २७ जनाको मृत्यु

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
acc.jpeg
कायरो । दक्षिणी कायरोमा छुट्टाछुट्टै भएको बस र रेल दुर्घटनामा कम्तीका २७ व्यक्तिको मृत्यु भएको छ । एक बस दुर्घटनामा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ भने रेल दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ । 
 
इजिप्टको दक्षिणपश्चिमी प्रान्त वेदी एल गेडिडमा एक बस र ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको इजिप्टेली स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 
 
सो बसमा रहेको यात्रुहरूको एकिन सङ्ख्या भने तत्काल प्रष्ट भएको छैन । 
 
इजिप्टमा सडक दुर्घटना एक साधारण घटनाको रूपमा हुने गरेको पाइन्छ । 
 
देशका प्रायः सडकहरू नियमित मर्मत नभएका कारण यसप्रकार दुर्घटना हुने गरेको बताइन्छ । 
 
दुर्घटना भएको रेलमा भने करिब ६० जना यात्रु रहेका पटरीबाट छुट्टिएर सो घटना भएको बताइएको छ । 
 
कायरोबाट दक्षिणी सहर आजवानतर्फ गईरहेको सो रेल दुर्घटना भएको प्रहरी र चिकित्सक स्रोतले जानकारी दिएको छ । 
 
यस रेल दुर्घटना अन्य २७ यात्रु घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ