arrow

निरन्तर बढ्दै कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
corona-omicron-nepal.jpg

काठमाडौं । बडादशैं सकिएसँगै कोरोना भाइरसको महामारी बढ्दै गएको छ । यो साताको शुरुआतदेखि नै संक्रमित बढ्दै गएका छन् । 

मंगलबार ४४ जना थपिएकामा बुधबार यो संख्या ५१ पुगेको छ । जबकि २२ जनालाई मात्र निको भएको छ । 

योसँगै सक्रिय संक्रमित बढेर ५९८ पुगेका छन् । ७४३ जनाको मात्र पीसीआर परीक्षणमा ४५ संक्रमित पाइएका हुन् । त्यस्तै ९८० एन्टिजेन परीक्षणमा ६ संक्रमित पाइएका हुन् ।

यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेनको तथ्यांक तत्कालको नहुन पनि सक्ने जनाएको छ । 

बुधबार ८ हजार ८३१ जनाले खोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ