arrow

सबै जिल्लामा फैलियो डेंगी, सरकारी तथ्यांकमा पनि बढे संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
dengue-1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारी तथ्यांकमा पनि डेंगी संक्रमित बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार डेंगी संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ । 

मन्त्रालयले ७७ वटै जिल्लामा डेंगी फैलिएको जनाएको छ । हालसम्म डेंगीबाट ४५ जनाको ज्यान गइसकेको छ । 

डेंगी नियन्त्रणका लागि सरकारले विशेष योजना नबनाएका कारणले नै संक्रमितको संख्या बढ्दै गएको छ । 

सरकारी पहुँच अझै पनि संक्रमित सामु पुग्न सकेको छैन । यो आँकडा केबल सरकारी अस्पतालहरुको मात्रै हो । 

कयौं गुणा बढी निजी अस्पतालबाट परीक्षण गराउने, निजी ल्याबबाट परीक्ष(ा गराउनेहरु बढी भएका कारण पनि लाखौंको संख्यामा संक्रमित भएको बताइन्छ । 
 



नयाँ