arrow

माछा पाए अमरेशले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
amresh.JPG
तस्बिर – फाइल ।

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्रमा उम्मेदवारी दिएर नेपाली कांग्रेसबाट पाँच वर्षका लागि निकालिएका अमरेशकुमार सिंहले ‘माछा’ पाएका छन् । निर्वाचन आयोगले उनलाई चुनाव चिह्न माछा दिएको हो ।

कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले टिकट वितरणमा अन्याय, पक्षपात गरेको भन्दै आफू बागी उम्मेदवार बनेको उनले बताए । उनीसहित उनका समर्थक र प्रस्तावकसहित सबै उनी पक्षधरका नेताहरुालई कांग्रेसले पाँच वर्षका लागि निस्कासन गरेको छ । 

कांग्रेसले सर्लाही–४ बाट नागेन्द्रकुमार रायलाई टिकट दिएको छ । उनी कांग्रेस सर्लाहीका पूर्वसभापति हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ