arrow

कांग्रेसका बागी दिनेश कोइरालालाई माछा, एमालेको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
dinesh-koirala-chitwan.jpg

चितवन । नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् । निर्वाचन कार्यालयले बुधबार कोइरालालाई चुनाव चिन्ह माछा दिएको हो । 

उनले चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । चितवन ३ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी हटाएर एमालेले कोइरालालाई समर्थन गरेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि उम्मेदवार न्यौपानेको नाम सूचीबाट हटाइएको हो । सोही क्षेत्रमा सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

बागी काेइरालालाई कांग्रेसले पाँच वर्षका लागि निस्कासन गरेकाे छ । उनले आफूलाई एमालेको समर्थन रहेको दाबी गरेका छन् । 

उनले फेसबुकमा यस्तो लेखेका छन्–

चितवन क्षेत्र नम्बर ३ मा हाम्रो उम्मेदवारीलाई समर्थन गरेर नेकपा एमाले लेआफ्नो उम्मेदवारी फिर्ता लिएको छ । नेकपा एमाले प्रति हार्दिक धन्यवाद ।

मलाई आशा तथा विश्वास छ नेपाली कांग्रेसले पनि हाम्रो उम्मेदवारीलाई समर्थन र साथ दिनेछ । यसका लागि विभिन्न तरिकाले उच्चस्तरीय पहल भइरहेको जानकारी गराउँदछौं ।

एक थोपा रगत नबगाई क्रान्ति गर्नका लागि हामीले उम्मेदवारी दिएका हौं । देशमा रचनात्मक क्रान्तिको थालनी चितवनबाट गर्न सबैमा हार्दिक अपिल गर्दछौं । जयनेपाल।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ