arrow

शुभ बेलाबाट दिन शुरुआत, श्रीविष्णुको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
rashifal-horoscope-blue_1618100665.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ असोज २७ गते बिहीबार, इस्वीसंवत अक्टोवर १३ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको चतुर्थी तिथि रहनेछ ।

नक्षत्रमा कृत्तिका, विष्कुम्भादि योगमा सिद्धि, करणमा बब, आनन्दादि योगमा लुम्ब रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । दिनमान २८ घटि ५१ पला अर्थात् ११ घण्टा ३९ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः०३ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ५ः३५ बजे हुनेछ ।

आजको राशिफल

मेष : आज स्वास्थ्य राम्रो रहनेछैन । मिथ्या आरोप लाग्ने सम्भावना छ । आर्थिक लेनदेन कारोबार गर्दा ज्यादै सतर्क रहनुहोला । विशेष गरी आज पानीबाट खतरा छ, सतर्क रहनुहोला । आज केही काम बन्ने, केही अधुरा रहने जस्तो छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला । समयमा खाना खान नपाइने वा गडबडीको सम्भावना बलियो छ । सतर्क हुन आवश्यक छ ।

वृष : आज पनि समय अत्यन्त शुभ रहनेछ । स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर-सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन रहेको छ । आफन्तको आगमनले घरमा खुसीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ ।

मिथुन : आज अत्यन्त खराब रहनेछ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।

कर्कट : आज समय शुभ छ । एक्कासि आम्दानी बढ्ने काम भेटिने छ । जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । नयाँ व्यवसाय आज शुरु गर्नुभएमा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ । आज जे काम गर्दै हुनुहुन्छ प्रतिफल राम्रै पाइनेछ । टाढाको यात्रा रमाइलो र फलदायी हुनेछ ।

सिंह : आज समय मध्यम खालको छ । कामबाट सन्तुष्टि मिल्ने छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । आम्दानी भन्दा खर्च ज्यादा हुने सम्भावना छ । सोचेअनुसार लाभ लिन कडा परिश्रमबाट गर्नुपर्नेछ । आज परिवारमा कचकच, साथीभाइ रिसाउने दिन पनि रहेको छ । नयाँ कामको थालनी आज नगर्दा नै राम्रो हुनेछ ।

कन्या : आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिसँग झगडा हुन सक्छ । जोसँग पनि कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल हुनाले आर्थिक क्षति व्यहोर्नुपर्ला, आफूले गर्न खोजेका काममा धेरै नै विघ्न बाधा हुनेछ । कम्मर दुख्ने समस्याले तनाव बढ्नेछ । यात्राका क्रममा कसैले नशालु पदार्थ खुवाउन या सुँघाउन सक्नेछन् विशेष ख्याल गर्नुहोला । समय खराब रहेकाले सबै कार्यमा सतर्क हुनुहोला ।

तुला : आज समय खराब रहनेछ । आज पानीमा डुब्ने डर रहेको छ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ठ मित्र पनि नगर्ने, कसैसँग वादविवाद र दुश्मनी काम नगरे मात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । टाढाको यात्रा पनि नगर्दा राम्रो हुने देखिन्छ ।

वृश्चिक : आज पनि स्वास्थ्य राम्रो रहनेछ । गर्न खोजेका सबै काम सफल, प्रेमी-प्रेमिकाबीच सम्बन्ध थप गाढा हुन सक्नेछ । पारिवारिक सदस्य तथा कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् । राम्रो समयको सही उपयोग अवश्य गर्नुहोला । नयाँ-नयाँ कार्य योजना बनाउने दिन आज रहेको छ । हार्डवेयर सम्बन्धी पेशामा उच्चतम लाभ पाइने देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट सम्मान पाइनेछ ।

धनु : आज समय राम्रै रहनेछ । सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ । जमिन अथवा कलकारखाना सम्बन्धी काम गर्नु छ भने आज लाभ हुनेछ । तपाईँ सरकारी कर्मचारी हुनुहुन्छ भने आज पैसा खूब कमाउनुहुनेछ । जताबाट पनि तपाईँलाई खुशी लाग्दा समाचार प्राप्त हुनेछन् । रमणीय कार्यमा सहभागी हुन पाइने छ । समय शुभ रहेको छ भरपुर उपयोग गर्नुहोला ।

मकर : आजको समय खराब छ । बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनुमा नै बुद्धिमानी हुनेछ । आफू मातहतका कर्मचारीमा विवादको अवस्था देखा पर्नेछ, जसमा आफू तटस्थ रहनु नै राम्रो हुनेछ । व्यापार र व्यवसायमा आज त्यति लाभ देखा पर्ने छैन । परिवारको कुनै सदस्यलाई औषधि उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । यात्रामा पनि तनाव उत्पन्न हुनेछ । आज सबै कार्यमा चनाखो र सतर्क हुनुहोला ।

कुम्भ : आज अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बदनाम तथा अपमानको सम्भावना त्यत्तिकै रहेको छ । जुनसुकै काममा अनावश्यक खर्च भई जाने अवस्था छ । समग्रमा समय खराब रहेकाले आज आर्थिक लेनदेन, टाढाको यात्रा, महत्त्वपूर्ण निर्णय नगर्नु नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मीन : आज समय शुभ छ । आरोग्यता, प्रसन्नता बढ्नेछ । गर्न खोजेका काममा आत्मविश्वासका साथ पूरा गर्न सक्नु हुनेछ । सोचेका सबै धार्मिक काममा राम्रो सफलता मिल्नेछ । कुखुरा पालन व्यवसाय तथा फ्रेस हाउस सञ्चालन गर्दै हुनुहुन्छ भने आजबाट शुरु गर्नुहोला । जग्गा किन्दै हुनुहुन्छ भने पनि आज बैना पट्टा गर्दा राम्रो हुनेछ ।


साइत :आज सूर्य कन्या, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 


आजको शुभ लाभादि बेला

बिहान ०५ः५८ बजेदेखि ०७ः२७ बजेसम्म शुभ बेला

बिहान ०७ः२७ बजेदेखि ०८ः५५ बजेसम्म रोग बेला

बिहान ०८ः५५ बजेदेखि १०ः२३ बजेसम्म उद्वेग बेला

बिहान १०ः२३ बजेदेखि ११ः५१ बजेसम्म चर बेला

दिनमा ११ः५१ बजेदेखि १ः२० बजेसम्म लाभ बेला

दिनमा १ः२० बजेदेखि २ः४८ बजेसम्म अमृत बेला

दिनमा २ः४८ बजेदेखि ४ः४८ बजेसम्म काल बेला

साँझ ४ः४८ बजेदेखि ५ः४४ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्य सिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ