arrow
ADVERTISEMENT

अमेरिकामा ट्रम्प र बाइडेनको विकल्प खोजिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
trump-biden2.jpg

काठमाडौं । अमेरिकी वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वसनीयतामा कमी आएको एक सर्वेक्षणले देखाएको छ । 

अमेरिकामा नोभेम्बर ८ मा हुने मध्यावधि निर्वाचन अघि गरिएको सर्वेक्षणले यस्तो देखाएको हो । 

सो निर्वाचनलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको सेमिफाइनलका रूपमा हेरिएको छ ।  यसले राष्ट्रपति बाइडेन र पूर्व राष्ट्रपति ट्रम्पको विश्वसनीयता खतरामा छ। 

अमेरिकी जनताको ठूलो वर्गले २०२४ को राष्ट्रपति चुनावमा यी दुई नेतालाई शीर्ष स्थानमा हेर्न चाहँदैनन्। धेरै अमेरिकीहरू तेस्रो विकल्प खोजिरहेका छन्।

हार्वर्ड सीएपीए- ह्यारिस सर्वेक्षणमा, ६७ प्रतिशत मानिसहरूले बाइडेनले चुनाव लड्नु हुँदैन भनेका छन्। भने ३३ प्रतिशतले उनलाई नराम्रो राष्ट्रपतिको रूपमा व्याख्या गरेका छन् । 

अर्कोतर्फ ५७ प्रतिशत जनताले ट्रम्पले अर्को चुनाव लड्न नहुने बताएका छन् । यद्यपि, बाइडेन र ट्रम्पले बारम्बार सार्वजनिक रूपमा फेरि राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ