arrow

निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
election-commission-hq-building-2022.jpg
फाइल तस्बिर

काठमाडौँ। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो निर्वाचित हुने प्रणाली तर्फ (प्रत्यक्षतर्फ)को मतपत्र छपाई सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छपाइको काम थालिएको हो। मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहने आयोगले जनाएको छ।

बुधवार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रको छपाइमा जुटेको हो।

समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्रको छपाइको काम भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ