arrow
ADVERTISEMENT

रुसबाट भारत आएको विमानमा बम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
plane-air.jpeg

काठमाडौं । रुसको राजधानी मस्कोबाट दिल्ली आउँदै गरेको विमानमा बम राखिएको खबरले हङ्गामा मच्चिएको छ । विमान दिल्लीमा अवतरण गरेपछि अनुसन्धान भइरहेको छ । 

 समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली पुलिसलाई शुक्रवार बिहान रुसको मस्को शहरबाट दिल्ली आउँदै गरेको विमानमा बम राखिएको जानकारी प्राप्त भएको थियो। 

त्यस लगत्तै विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ३.२० बजे अवतरण गरेको थियो । 

विमानबाट ३८६ यात्रु र १६ जना चालक दलका सदस्यलाई सकुशल बाहिर निकालिएको थियो । 

अधिकारीहरूका अनुसार बिहीबार राति मस्कोबाट दिल्लीको उडानमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बमको धम्कीको इमेल प्राप्त भएको थियो। त्यस लगत्तै सुरक्षा निकायहरू अलर्टमा परेका थिए र विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ