arrow

बेगनास तालमा डुंगा दुर्घटना, गुरुङ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
Begnash-Tal1.jpg
फाइल तस्वीर

पोखरा । कास्कीको बेगनास तालमा आज दिउँसो डुंगा डुब्दा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटनका ३८ वर्षका लालबहादुर गुरुङ रहेका छन् ।

आज दिउसो करिब ३ बजे तिर बेगनास पुगेका लालबहादुर दम्पत्ति ताल घुम्नेक्रममा डुंगा पल्टिएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परेकी गुरुङकी श्रीमतीको भने तत्कालै उद्धार गरिएको थियो । 

बेपत्ता लालबहादुरको खोजी कार्य जारी रहेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । प्रहरीका अनुसार लालबहादुर आफैले डुंगा चलाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ