arrow

प्युठानमा जीप दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
jeep accident.jpg

प्युठान । प्युठानमा शुक्रबार जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । प्युठानको बाग्दुलाबाट डामृतर्फ जाँदै गरेको लु१ज १५४५ नम्वरको जीप जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ६ बहाने नजिकैको खहरे खोलामा जीप दुर्घटना भएको हो । 

मृत्यु हुनेमा नौबहिनी गाउँपालिका वडा नं. ५ डामृका रेमसरा बुढा मगरकी २५ दिने शिशु चेतना बुढा, ४ बर्षीया करुणा बुढा मगर र सोही ठाउँ निवासी जिप चालकसमेत रहेका २५ बर्षीय लुकेश थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ३० वर्षीय दलबहादुर खत्री र १२ वर्षीय अस्मपतालमा पुनमगरको प्यूठान अस्तालमा उपचार भइरहेको छ । 

जीपमा १८ जना सवार रहेकामा १३ जना सामान्य घाइते छन् । उनीहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित भई  सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ