arrow

गोली लागेर गम्भी घाइते भएका तालिवान प्रमुख मुल्लाह अख्तरको मृत्यु

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
काबुल। तालिवानका वरिष्ठ कमाण्डर एवम् सो आतङ्ककारी समूहका प्रमुख मुल्लाह अख्तर मन्सुरको मृत्यु भएको समाचार छ । गोली लागेर गम्भीर रुपमा घाइते भएका अख्तारको मृत्यु भएको अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् । गत बुधबार उनी आफ्ना लडाकूहरुसँग नै भिडन्तमा परेर घाइते भएका अफगान सरकारले शुक्रबार जानकारी दिएको छ । 
 
आफ्नो आन्तरिक विषयमा भएको विवादमा परी उनी र उनका सेनाको विवाद भएको थियो । पछि गोली प्रहारसम्म भएको सरकारी सूचनाले जनाएको छ । भिडन्तमा गम्भीर रुपमा घाइते भएका अख्तरको मृत्यु भएको समाचार शुक्रबार अफगान सरकारले सार्वजनिक गरेको हो । तालिवान आतङ्ककारी समूह दुई गुटमा बाँडिएपछि यो घटना भएको जनाइएको छ ।पूर्व तालिवान नेता मुल्लाह मोहमद ओमारको मृत्यु भएपछि मुल्लाह अख्तर मन्सुरले उनको स्थान लिन सफल भएका थिए । गत जुलाईको अन्त्यमा ओमारको मृत्यु भएको पुष्टि भएको थियो । त्यसपछि तालिवानले आफ्नो आन्तरिक विधिबाटै उनलाई नेतामा नियुक्त गरेको हो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ