arrow

निर्वाचनमा सक्रिय सहभागिता आवश्यक : प्रदेश प्रमुख गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
Prithiviman gurung.jpg
फाइल तस्वीर

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकतन्त्रलाई सुदृढ गर्न आउँदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । 

नेपाली जनताले राजतन्त्र फालेर सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेकाले लोकतन्त्र जीवन्त राख्न आम नेपालीले  निर्वाचनमा सक्रिय सहभागी हुनुपर्ने उनको भनाइ थियो । 

धार्मिकरुपमा प्रसिद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा शनिबार मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख गुरुङले कुनै पनि प्रलोभन, लोभ लालच, डर, धाक र धम्कीमा नपरी आफ्नै विवेक प्रयोग गरी मतदान गर्न आग्रह गरे । 

“लोकतन्त्रमा जनतानै शक्तिशाली हुन्छन, निर्वाचनमा प्रत्येक भोटको उत्तिकै महत्व हुन्छ, जितेर गएका नेताले पनि जनताकै सेवा गर्नुपर्ने हुन्छ, त्यसैले लोकतन्त्रलाई बचाउन सबै नेपाली लागौँ”, प्रदेश प्रमुख गुरुङले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ