arrow
ADVERTISEMENT

कर घटाउने निर्णय गलत भएको बेलायतती चान्सलरको स्वीकारोक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
jeremy-hunt.jpg

काठमाडौं । बेलायतका नयाँ चान्सलर जेरेमी हन्टले यसअघि गरिएको कर घटाउने निर्णय जटिल भएको बताउँदै कर बढाउन सक्ने बताएका छन् । सरकारको मीनी बजेटमा पूर्व चान्सलर क्वासी क्वार्टेङले उच्च आम्दानी कर कटौती गर्ने गलत निर्णय गरेको बीबीसीसँग बोल्दै नयाँ चान्सलर जेरेमी हन्टले बताएका हुन् ।

यद्यपि उर्जा मूल्यको ग्यारेन्टी गरेकोमा उनले क्वासीको प्रशंसा पनि गरेका छन् । नयाँ कुलपति हन्टले आईटीभीका राजनीतिक सम्पादक रोबर्ट पेस्टनसँग कुरा गर्दै ३१ अक्टोबरमा सार्वजनिक हुने सरकारको मध्यम अवधिको वित्तीय योजनाले उल्लेखनीय रुपमा उचित बजेट प्रतिनिधित्व गर्ने बताएका छन् ।

हन्टका पूर्ववर्ती क्वासी क्वार्टेङले २३ सेप्टेम्बरमा प्रस्तुत गरेको तथाकथित मिनी बजेटले बजारमा अशान्तिसँगै पाउन्डको मूल्यमा गिरावट ल्याएको थियो ।

उच्च कर कटौतीका निर्णयसहित ल्याइएको सो बजेटपछि लिज ट्रस सरकारको क्षमतामाथि नै प्रश्न उठेको थियो । ट्रसले कर कटौती गर्ने विषय चुनावी एजेण्डा नै बनाएका बेला उनका प्रतिद्धन्द्धी ऋसी सुनकले उतिबेलै चेतावनी दिएका थिए । यो स्थितीपछि सुनकको चर्चा बढेको छ ।

अहिले नयाँ नियुक्त भएका बेलायतका चान्सलरले अब कर बढाइने बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ