arrow

टेलिकम वर्कर्स युनियनको एघारौं महाधिवेशनले छान्यो रौनियारको नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
telecome-workers-2079.jfif

काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियनको ११ औं महाधिवेशनले सुरेशप्रसाद रौनियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सुदुरपश्चिम प्रादेशिक समितिको आतिथ्यता र केन्द्रिय समितिको आयोजनामा असोज २७ देखि २९ गतेसम्म सौराइ स्क्वायर धनगढीमा सम्पन्न भएको महाधिवेशनले रौनियारको अध्यक्षतामा ४२ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । 

निर्वाचनबाट आगामी तीन वर्षका लागि चयन भएकामा सहअध्यक्षमा लालबहादुर राना, उपाध्यक्षहरुमा हेमराज कटुवाल, रोशन बजगाई, हेरम्बदेब भट्टराई, महिलातर्फ समिता कोइराला, आदिवासी–जनजातिमा वीरबहादुर आले, मधेसीमा पुरन साह कानु रहेका छन् । 

त्यस्तै महासचिवमा लोकेन्द्र पनेरु, कोषाध्यक्षमा भुपराज शर्मा, उपमहासचिव ( प्र) नन्दबहादुर बुढाथोकी, उपमहासचिव (क) शिवराम थापा, उपमहासचिव ( आई टि तथा प्रकाशन) राकेशकुमार लामा चयन भएका छन् । 

त्यस्तै सहकोषाध्यक्षमा गोपालसिंह बस्नेतसहित ४२ जना रहेका हुन् । प्रमुख  निर्वाचन अधिकृत विनोद पंडितले नवनिर्वाचित अध्यक्षलाई सपथ खुवाए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न समुद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय  पदाधिकारीहरु तथा कम्पनीमा क्रियाशील ट्रेड युनियन एनटीइएन, एनटीईयू र एनईओका अध्यक्ष तथा एनटीयूसी सुदुर पश्चिम प्रादेशिक समितिका अध्यक्ष, कम्पनीका कर्मचारी, संचालक प्रतिनिधि, निमित्त नायब प्रबन्ध निर्देशक लगायत अतिथिहरुबाट शुभकामना मन्तव्य राखिएको थियो । 

कार्यक्रममा मुल आयोजक समितिका संयोजकबाट स्वागत मन्तब्य एवं सह आयोजक सुदूर पश्चिम प्रादेशिक समिति अत्तरियाका अध्यक्ष दिपेन्द्रबहादुर कठायतबाट धन्यवाद ज्ञापन गरिएको थियो ।

उक्त कार्यक्रममा बवक्ताहरुले संस्थागत सुधार, कर्मचारी हकहित, ट्रेड युनियन अधिकार, सेवाग्राहीका पक्षमा गर्नुपर्ने नीतिनिर्माण लगायतका विषययहरुमा विचार व्यक्त गरेका थिए । 

असोज २७ गते पहिलो सत्रमा समुदघाटन भएको कार्यक्रममा सोही दिन दोस्रो सत्रमा साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान एवं भावी नीति तथा कार्यक्रमहरुमा बृहत छलफल भइ बन्द सत्र समापन भएको थियो । 

टेलिकम वर्कर्स युनियनको ३२ वर्षे इतिहासमा धनगढीमा पहिलो पटक आयोजित महाधिवेशनमा देशैभरबाट करिब ६०० बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागीता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ