arrow

काल, अमृत र शुभ बेला परेको यस्तो हुनेछ आजको दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ असोज ३० गते आइतबार, इस्वीसंवत अक्टोबर १६ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको षष्ठी तिथि रहनेछ ।

नक्षत्रमा आद्रा, विष्कुम्भादि योगमा परिध, करणमा वरियान, आनन्दादि योगमा ध्वांक्ष रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । दिनमान २८ घटि ३९ पला अर्थात् ११ घण्टा ३३ मिनेटको रहनेछ ।

सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः०५ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ५ः३२ बजे हुनेछ । आज खाद्य दिवस परेको छ ।

आजको राशिफल

मेष : आज पनि दिन र समय शुभ छ । व्यावसायिक प्रगति भई राम्रो धनार्जन हुनेछ । आत्मसन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय भइनेछ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग छ । उद्यमशिलताको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता वृद्धि हुने र आत्मबल बढ्ने छ । आँट साहसले कार्य सम्पादन गर्न सकिने छ ।

वृष : आज पनि समय अत्यन्तै खराब छ । बोलिचाली एवं व्यवहारमा सोचविचार र सावधानी अपनाउनु उचित हुनेछ । व्यवसाय तथा कर्म क्षेत्रमा बाधा अड्चन सृजना हुन सक्ने गोचरको प्रभाव छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्ने छ, हृदयका दीर्घ रोगीहरूले विशेष ध्यान दिन जरुरी देखिएको छ । उपयुक्त सङ्घर्ष एवं प्रतिकूलताको बाबजुद खासै सोचविचार नभएको काम बनेर केही राहत भने मिल्नेछ ।

मिथुन : आज पनि स्वास्थ्य राम्रो छ । जोस जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगीहरू जुट्ने र इष्टमित्र तथा जान पहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । दाजुभाइबीचको सम्बन्धमा सुधारका लागि समन्वय गरिदिँदा प्रतिष्ठा बढ्ने छ । भगवान् श्री सूर्यजीको सेवा आराधना गर्नाले उपलब्धि वृद्धि हुनेछ ।

कर्कट : आज पनि समय खराब रहनेछ । दिनभर होसियारी रहनुपर्ने देखिएको छ । विना कारण कसैसँग वादविवाद तथा मनमुटाब हुन सक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरी सम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज पारिवारिक समस्याको पनि सामाना गर्न पर्न सक्ने छ । अगाडि सारिएको काममा विलम्ब हुने तथा अवरोध आइपर्न सक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवं अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक सङ्कीर्णतालाई प्रवेश नदिई आफ्नो कर्म क्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्न सकिने छ ।

सिंह : समय शुभ छ । दिन खुशी एवं उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरूको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरू थापिन सक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुन सक्ने छ । कार्यक्षेबाट हैसियत एवं औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर तथा समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्न सक्ने छ ।

कन्या : आज पनि समय मध्यम खालको छ । खर्च बढ्न सक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि अल्लि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजस पनि खेप्न नपर्ला भन्न सकिन्न । अल्लि बढी कोसिस एवं संघर्षले केही उपलब्धि ल्याउन सकिएला । औपचारिकता निर्वाह गर्नुपर्ने खालका भेटघाट आदिको लागि यात्रा गर्नु, उपहार आदि दिनु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ ।

तुला : आज पनि स्वास्थ्य तथा दिन राम्रो रहनेछैन । विलासी प्रवृत्ति बढ्ने गोचर परेको छ । तर पनि अभीष्ट चाहना पूरा गराउन केही अल्झनको सामना गर्नुपर्ने देखिएको छ । तथापि दाम्पत्य सुखमा केही विकास हुन सक्ने छ । व्यवसायबाट केही लाभ हुनेछ भने स्वजन मिलन र यात्राको सम्भावना पनि देखिएको छ । व्यापार कर्म तथा यात्रा आदिबाट सम्पादन हुने कार्य विशेषलाई ग्रहले उत्प्रेरणा दिएको छ । मुख्य कार्यमा आउने अल्झन तथा बाधा अवरोध हटाउन आज तपाईँले भैरव देवको स्तुति गर्नु शुभप्रद रहनेछ ।

वृश्चिक : आज समय खराब छ । आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुन सक्ने छ । अध्ययन आदि प्राज्ञिक कर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ । अदृश्य समस्या आइपर्ने र समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिएको छ । सैद्धान्तिक छलफल र अर्ति उपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ ।

धनु : आज पनि समय राम्रै रहनेछ । आध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुनेछ । समाज सेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रह गोचरको प्रभाव परेको छ । यात्रा योजना एवं नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ । आज भगवान् श्री सूर्य नारायणको श्रद्धा भक्ति शुभ हुनेछ ।

मकर : आज स्वास्थ्य राम्रो रहनेछ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचर प्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्न सकिने छ । पुरुषार्थ वृद्धि हुने रसोवापत मान्छेहरूबाट प्रशंसा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर लक्षण छ । आफन्तजनबाट सहयोग प्राप्त गर्न सकिने तथा व्यवहारिक प्रगति एवं स्याबासी मिल्ने र यशकृति पनि बढ्ने छ ।

कुम्भ : आज समय खराब नै रहनेछ । आज पश्चिम दिशाको यात्रा सकभर नगर्नुहोला । वाणीमा दोष लाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्‍याउनु होला । सञ्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । सामाजिक कार्यमा केही अवरोध पनि नआउला भन्न सकिन्न । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहन सक्ने कुरालाई पनि नकार्न सकिन्न । भगवान् सूर्यको सेवा आराधना गरिएमा अनिष्ट दोषलाई हटाउन मद्दत हुनेछ ।

मीन : आज पनि समय खराब रहनेछन् । आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायु रोगले सताउने, खानामा गडबडी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई सक्रिय रूपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिँदैन । समय खराब छ, आज पश्चिम दिशाको यात्रा ठिक छैन ।

साइत : आज सूर्य कन्या, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 

आजको शुभ लाभादि बेला

बिहान ०५ः५८ बजेदेखि ०७ः२७ बजेसम्म उद्वेग बेला

बिहान ०७ः२७ बजेदेखि ०८ः५५ बजेसम्म चर बेला

बिहान ०८ः५५ बजेदेखि १०ः२३ बजेसम्म लाभ बेला

बिहान १०ः२३ बजेदेखि ११ः५१ बजेसम्म अमृत बेला

दिनमा ११ः५१ बजेदेखि १ः२० बजेसम्म काल बेला

दिनमा १ः२० बजेदेखि २ः४८ बजेसम्म शुभ बेला

दिनमा २ः४८ बजेदेखि ४ः४८ बजेसम्म रोग बेला

साँझ ४ः४८ बजेदेखि ५ः४४ बजेसम्म उद्वेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्य सिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ