- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। जनकपुरधाम पिडारीचौकस्थित राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विद्याकर प्रसाद साहको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका उप-प्रमुख किशोरी साहको प्रमुख आतिथ्यमा साधारण सभा मनाइएको छ ।
संस्थाको २१औं साधारण सभाको अवसरमा अध्यक्ष साहले संस्थाको चालु आर्थिक वर्ष २०७९-०८० को वार्षिक कार्य योजना तथा अनुमानित आयव्यय र प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।
संस्थाले चालु आर्थिक वर्ष २०७९र ०८० मा १ करोड ७१ लाख ३० रुपैयाँ जम्मा आम्दानी गर्ने अनुमान गरेको छ भने गत आर्थिक २०८९ र ०७९ को असार मसान्तसम्ममा १ करोड १२ लाख ७३ हजार ५ सय ९१ रुपैयाँ आम्दानी गरेको छ।
जसमा संस्थाले १० लाख ३८ हजार ४ सय ९९ रुपैयाँ बचत गरेको संस्थाका प्रतिवेदनमा उल्लेख छ । यस्तै संस्थाले २०७९ भदौ मसान्तसम्ममा ६ करोड ५० लाख २० हजार १ सय ८७ रुपैयाँ ऋण लगानी गरेको छ ।
जम्मा १ हजार ३ सय ३८ शेयर सदस्य रहेको राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी ६९ लाख ८२ हजार ५ सय रहेको छ । संस्थामा १ सय ९३ जना ऋणी रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाको अवसरमा राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जनकपुरधाम पिडारी चौकस्थित कार्यालयमा एटिएम सेवाको समेत शुभारम्भ गरेको छ ।