arrow

दुई पटक अमृत बेला परेको असोजको अन्तिम दिन कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
rashifal-horoscope-5.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ असोज ३१ गते सोमबार, इस्वीसंवत अक्टोबर १७ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको सप्तमी तिथि रहनेछ ।

नक्षत्रमा पुनवर्सु, विष्कुम्भादि योगमा शिव, करणमा वणिज, आनन्दादि योगमा धूम्र रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । दिनमान २८ घटी ३५ पला अर्थात् ११ घण्टा ३३ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६:०५ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ५:३२ बजे हुनेछ । आज गरिबी निवारण दिवस परेको छ ।

आजको राशिफल 

मेष : आज पनि समय शुभ छ । थोरै समय र सानो लगानी गरी शुरु गरिने व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग भेटी नयाँ कामको योजना बनाउन सकिनेछ । पढाई लेखाइमा पनि भनेजस्तो सफलता हात लाग्ने हुँदा अरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै कामहरू फत्ते गर्न सकिनेछ ।

वृष : आज पनि समय शुभ छैन । अल्छी गर्ने बानीले महत्त्वपूर्ण कामहरू सम्पादन गर्न मुस्किल हुनेछ । समयको ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमुटाबको सिर्जना हुनेछ भने आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । व्यापार व्यवसायमा लगानी गर्ने अवसर आए पनि समयले साथ नदिँदा घाटा लाग्नेछ । दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवाद गर्नु पर्दा मानसिक तनाव बढ्नेछ ।

मिथुन : आज पनि समय अत्यन्तै शुभ छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहौलमा दिन बित्ने तथा आफन्तबाट सहयोग पाइनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गरी अरूलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ ।

कर्कट : आज पनि समय खराब रहनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ सहयोग नपाइने हुँनाले आफ्ना योजनाहरू अधुरै नै रहनेछन् । राज्यको विभिन्न पदमा बस्नेले समयमा काम नगर्दा कामहरू थाती रहनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँदा विद्या तथा प्रतिस्पर्धामा अरू भन्दा पछि परिनेछ ।

सिंह : आज पनि समय शुभ छ । विभिन्न अवसरको सही तरिकाले सदुपयोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथीको सहयोगले उत्साह जगाउनेछ । सुन्दर तथा विलासी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कन्या : आज पनि समय सामान्य छ । तपाईँको खुट्टा तान्ने मानिसहरू हाबी हुँने तथा शत्रुहरू सलबलाउनेछन् । न्यायालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनावश्यक मुद्दा मामिला आइलाग्नेछन् । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

तुला : आज पनि समय खराब छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । पढ्न लेखाइमा खासै मन नजादा अरूभन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूका लागि समय फलदायी रहनेछ ।

वृश्चिक : आज पनि समय शुभ छैन । भौतिक सम्पत्ति तथा सवारी साधनको खरिद बिक्री गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना हुन सक्छ । नीति नियम तथा कानुनको पालना नगर्दा दण्ड तथा जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । मध्यान्हपछिको समय राम्रो रहेकोले व्यापारमा बढोत्तरीको योग रहेको भने आर्थिक अवस्था सुदृढ हुनेछ ।

धनु : आज समय शुभ छ । आर्थिक सवालमा उठ्ने प्रश्नहरूको हल हुनेछ । आम्दानीका नयाँ नयाँ बाटाहरू फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठूलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि, पशुपालन, तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानी गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

मकर : आजको दिन निकै राम्रो रहनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । मध्यान्हपछिको समय उत्तम रहेकोले समाजमा तपाईँको कामबाट सबै जना खुशी हुनेछन् भने मान सम्मानमा वृद्धि भएर जानेछ । रोकिएका कामहरू पुनः सुचारु हुने हुनाले मन प्रसन्न रहनेछ । अध्ययनमा सुधार हुँदै जाने योग रहेको ।

कुम्भ : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । आफन्त तथा घर भित्रकै मानिसहरूले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुःख पाइनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पहिले गरिएका लगानीबाट मनग्य आम्दानी हुनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्रस्थानमा तपाईँको नाम आउनेछ । मिष्टान्न भोजनका साथ परिवारका सदस्यसँग रमाउन सकिनेछ ।

मीन : आज पनि समय खराब रहनेछ । आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस, तपाईँको काम बिगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो-छिटो गर्छु भन्दा झन् ढिलो हुन जानेछ ।

साइत :आज सूर्य कन्या, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 

आजको शुभ लाभादि बेला
बिहान ०५:५८ बजेदेखि ०७:२७ बजेसम्म अमृत बेला
बिहान ०७:२७ बजेदेखि ०८:५५ बजेसम्म काल बेला
बिहान ०८:५५ बजेदेखि १०:२३ बजेसम्म शुभ बेला
बिहान १०:२३ बजेदेखि ११:५१ बजेसम्म रोग बेला
दिनमा ११:५१ बजेदेखि १:२० बजेसम्म उद्वेग बेला
दिनमा १:२० बजेदेखि २:४८ बजेसम्म चर बेला
दिनमा २:४८ बजेदेखि ४:४८ बजेसम्म लाभ बेला
साँझ ४:४८ बजेदेखि ५:४४ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७:३० देखि ९:०० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७:४२ उत्तर तथा देशान्तर ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्य सिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ