- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ। आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगले मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
शनिवार आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा मन्त्रीले चामल बाँडेका थिए । आयोगले 'तपाईँले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुस्ट्याइँ गर्ने आधार के छ ?' भनी स्पष्टीकरण सोधेको छ।
आचारसंहितामा आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन । चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति प्राप्त गर्नुभएको छ, छैन ? भनी आयोगले सोधेको छ ।