- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएपछि विश्वभर नै स्क्रिनमा समय बिताउने बानी बढेको छ । खास गरी बालबालिकाहरुमा समेत बढी समय स्क्रिन हेर्ने बानी बढेको छ ।
अनलाइन कक्षा लिने, धेरै कुराहरु अनलाइनबाट गर्नेलगायत ६ वर्षसम्मका बालबालिकाहरुको आँखा सुख्खा र रातो हुने समस्या हुने गरेको पाइएको छ ।
यो त्यस्तो अवस्था हो जुन खासगरी ५० देखि ६० वर्षको उमेरमा केही मानिसहरुमा देखिन्छ । तर, अहिले बालबालिकाहरुमा नै देखिन थालेको यो समस्याको बेवास्ताले किरादार, चिलाउने, रातो, संवेदनशील आँखा र धेरै असहज र पीडादायी लक्षण निम्त्याउन सक्ने बताइएको छ ।
विज्ञहरूका अनुसार यो समस्याको उपचार नगरिए आँखाको आँसु उत्पादन गर्ने ग्रन्थीलाई अपूरणीय क्षति पुग्न सक्छ ।
यसभन्दा बढी अत्यधिक र अव्यवस्थित स्क्रिन समयले मानिसहरुको जीवनमा नै ठूलो क्षति पुग्न सक्ने चेतावनी विज्ञहरुको छ ।