arrow

जेरुसेलमलाई इजरेली राजधानीको मान्यता दिने निर्णय अस्ट्रेलियाले फिर्ता लियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
israel-tourism.jpg

काठमाडौं । अष्ट्रेलियाले मङ्गलबार (अक्टोबर १८) मा पश्चिमी जेरुसेलमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने निर्णय उल्टाएको छ । यो निर्णयले अघिल्लो सरकारले गरेको निर्णयलाई उल्टिएको हो । 

अष्ट्रेलियाले मंगलबार इजरेल-प्यालेस्टाइन शान्ति वार्ताको एक हिस्साको रूपमा यो मुद्दा समाधान गर्नुपर्ने बताएको छ। 'अष्ट्रेलिया दुई-राज्य आधारित समाधानको लागि प्रतिबद्ध छ जसमा इजरेल र भावी प्यालेस्टाइन राज्य शान्ति र सुरक्षामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमानामा सहअस्तित्वमा रहन्छ,' विदेश मन्त्री पेनी वोङले एक मिडिया ब्रीफिंगमा बोल्दै भनेका छन् ।

'हामी यो सम्भावनालाई कमजोर बनाउने दृष्टिकोणलाई समर्थन गर्दैनौं,' सन् २०१८ मा स्कट मोरिसनको नेतृत्वमा कन्जरभेटिभ सरकार अन्तर्गत अष्ट्रेलियाले औपचारिक रूपमा पश्चिमी जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिएको थियो। यो निर्णयले मध्यपूर्वको दशकौंको नीति परिवर्तन गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ