- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदवारले गर्नुपर्नेछ ।
निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धी खर्च निर्धारण गरेको हो । देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौं जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो ।
आयोगका अनुसार काठमाडौं जिल्लामा रहेका १० वटा निर्वाचन क्षेत्रमध्ये ५ वटामा उम्मेदवारी दिने प्रत्येकले बढीमा २५ लाख रुपैयाँ र बाँकी पाँच वटामा उम्मेदवारी दिने प्रत्येकले २७ लाख रुपैयाँ खर्च गर्न पाउने छन् ।
उम्मेदवारले प्रचार–प्रसारमा २५ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा १, ३, ६, ७ र ८ रहेका छन् ।
यस्तै, उम्मेदवारले प्रचार–प्रसारमा बढीमा २७ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा २, ४, ५, ९ र १० रहेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्न पाउने हिसाबले देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ ।
पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख रुपैयाँ, दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँ खर्च गर्न पाउने छन् ।
त्यस्तै तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँ, चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ र पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।