- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेकपा एमाले यस पटकको निर्वाचनमा ठूलो पराजय व्यहोर्ने देखिएको छ। पार्टीको आन्तरिक कलह मिलाउन नसक्नु, ओलीले टिकट वितरणमा गरेको मनपरी, पार्टीकै शक्तिशाली नेताहरूले एमाले छोड्नु लगायतका कारण एमालेले ठूलो पराजय व्यहोर्ने भएको छ।
हारको मानसिकताबाट ग्रसित एमाले नेताहरूले केहीले अरूको चुनाव चिह्न राखेका छन् भने आफ्ना चुनावी पोस्टर पनि मौलिक बनाउन नसकेर अरूको पोस्टर र नारा नै चोरी गरेर पोस्टर डिजाइन गरेका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र र विवादित अभिव्यक्ति दिने महेश बस्नेतले त आफ्नो पार्टीको चुनाव चिह्नसमेत चिन्न छोडेका छन्। उनले आफ्नो मत माग्नका लागि बनाएको पोस्टरमा सूर्यभित्र हसिया हथौडा अङ्कित चुनाव चिह्न राखेका छन्। नेकपा एमाले उम्मेदवार बस्नेतको चुनाव चिह्न सूर्य मात्रै भए पनि उनले यसअघि नेकपा हुँदाको चुनाव चिह्न राखेका छन्।
माले महासचिव शङ्कर पोखरेलको पोस्टर नेपाली काँग्रेसको २०७४ को घोषणापत्रको आवरणमा राखेर बनाइएको छ।
२०७४ को निर्वाचनमा नेपाली काँग्रेसले आफ्नो घोषणापत्रको आवरणमा लेखिएको नारा रवीन्द्र मिश्रको रहेको छ। २०७४ को निर्वाचनमा रवीन्द्र मिश्र विवेकशील साझाबाट चुनावमा होमिँदा 'परिवर्तन सम्भव छ हाम्रै पालामा' भन्ने नारा व्यापक चर्चामा आएको थियो। त्यही नारा टिपेर ओलीले भन्ने गरेको समृद्ध नेपाल, सुखी नेपालीमा शङ्कर पोखरेल र उनको तस्बिर राखिएको छ।
यसरी पोस्टर पनि चोरेर बनाउने एमालेका महासचिव एक्ला भने होइनन्। एमालेकी नेतृ कमल ओलीको पोस्टर पनि भारतीय प्रधानमन्त्री मोदीको चुनावी अभियानबाट चोरी गरिएको छ। यसअघि मोदीले आफू चुनाव लड्दा बनाएको नारा 'बहुत हुई देश मेँ महँगाई की मार, अबकी बार मोदी सरकार' राखेका थिए।
मोदीको चुनावी अभियानको नारा हुबहु चोरीले एमाले नेतृ कोमल वलीले पोस्टर बनाएकी छन्। उनले आफ्नो पोस्टरमा लेखेकी छन्,'अति भयो महँगीको मार, चाहिने नै भयो एमाले सरकार'। उनको यस नाराले भन्न खोजेको विषयमा पनि उनी अनविज्ञ छन्। यसअघि एमाले अध्यक्ष ओलीकै नेतृत्वमा सरकार थियो भन्ने कुरा पनि उनले हेक्का राखेकी छैनन्।