arrow

सेन्साईको "३ को झट्का " योजनामा पहिलो विजेता घोषित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
cg-sensei‍-iPad-winner-2079.jpg

काठमाडौँ। जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेकट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरूको चाड दसैँ तिहार २०७९ लाई लक्षित गर्दै "सेन्साई ३ को झट्का" योजना सार्वजनिक गरेको छ। सेन्साई ब्राण्ड अन्तर्गतका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा “आर १५ भिथ्री बाईक” र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने कम्पनीले जनाएको छ।

सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको विजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबुक पेज मार्फत लाइभ घोषणा गरिएको छ। 

यस पहिलो लक्की ड्रको विजेता वीरगन्ज निवासी “अकलेश कुमार पटेल” भएका छन्। उनले एप्पल आइप्याड १०.२ जितेका छन्। उनले  वीरगन्जको आरके  इलेकट्रोनिक्स मार्फत सेन्साईको चेस्ट-फ्रीज़र खरिद गरेका थिए। सोही योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरू घोषणा गर्न बाँकी छ।

यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिद पश्चात् अङ्ग्रेजीमा सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्ने हुन्छ। कम्पनीले यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको जनाएको छ।

सेन्साईले आफ्नो सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरूका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गर्दै आएको छ।

नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल हो। सिजी इलेकट्रोनिक्स सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ