arrow

लस्कर–ए–तैबाका सदस्यलाई आतङ्कवादी घोषणा गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
china-flag.jpg

न्युयोर्क । चीनले लस्कर–ए–तैबा (एलइटी)का सदस्यलाई विश्व आतङ्कवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावप्रति असहमति जनाएको छ । भारत र अमेरिकाको सहयोगमा पाकिस्तानस्थित उक्त समूहका सदस्य शाहिद महमूदलाई विश्व आतङ्कवादीका रूपमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावलाई चीनले अस्वीकार गरेको हो । यसअघि पनि तीनपटक प्रस्तुत भइसकेको उक्त प्रस्तावको विपक्षमा चीन उभिएको थियो । 

अमेरिका र भारतले बुधवार महमुदलाई राष्ट्रसङ्घीय सुरक्षा परिषद्को १२६७ अल–कायदा प्रतिबन्ध समितिअन्तर्गत वैश्विक आतङ्ककारीका रूपमा कालोसूचीमा राख्ने प्रस्ताव पेश गरेका थिए । एलइटीका सदस्य साजिद मीर, एलईटी र जमात–उद–दावाका नेता अब्दुल रहमान मक्की र अब्दुल रउफलाई आतङ्कवादीमा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो । 

यसअघि पनि चीनले साजिद मीरलाई विश्व आतङ्कवादी घोषणा गर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो एलइटीका शीर्ष ‘कमाण्डर’ हुन् । उनी सन् २००८ को मुम्बईमा भएको आतङ्कवादी हमलाका मुख्य योजनाकार मध्येका एक हुन् । मीर भारत र पश्चिमी देशलगायत धेरै देशका नागरिकहरूको मृत्युका निम्ति जिम्मेवार मानिन्छन् । 

सन् २००८ को नोभेम्बर २६ मा एलइटीका १० जना आतङ्वादी समुद्रीमार्गबाट मुम्बइ पुगेका थिए । उनीहरूले ताज मुम्बइ होटलमा आक्रमण गर्दा १८ जना सुरक्षाकर्मीसहित एक सय ६६ जनाको ज्यान गएको थियो । आतङ्कवादीले तीन दिनसम्म होटलमा बसेकाहरूलाई बन्दी बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ