arrow

चुनावी खर्च गर्न बैंक खाता खोल्दै उम्मेदवारहरु

logo
राम धामी,
प्रकाशित २०७९ कार्तिक २ बुधबार
dadeldhura-bank-account-leaders-election.jpg

डडेल्धुरा । डडेल्धुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेस वीपी का उम्मेदवार कर्णबहादुर मल्लले चुनावी खर्च प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेका छन् ।

नेपाल एसबीआई बैंक लिमिटेड डडेल्धुरा शाखामा पुगेर बुधबार मल्लसँगै नेपाली कांग्रेस वीपीसँग चुनावी तालमेल गरेका नेकपा एकीकृत समाजवादीका नेता डा तारा जोशीले पनि बैंक खाता सञ्चालनमा ल्याएका छन् । 

बैंक खाता खोलेसँगै साथीहरुबाट पहिलो दिन ७५ हजार रुपैयाँ सहयोग प्राप्त गरेको मल्लले बताए । प्रतिनिधि सभा सदस्य पदका लागि कांग्रेस वीपीका उम्मेदवार मल्लले बैंक खाताबाटै चुनावी खर्चको कारोबार गरेर अन्तिममा बैंक स्टेटमेन्टसहित चुनावी खर्चको विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाए । 

निर्वाचन अयोगले जारी गरेको आचारसंहिताको दफा १६ उपदफा ‘ख’ मा उम्मेदवारले निर्वाचन सम्बन्धि खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता सोही खाताबाट गर्नुपर्ने प्रावधान छ । 

नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका बिक्रमबहादुर शाहीले समेत बैंकमा छुट्टै खाता खोलेको बताए । 

उम्मेदवारहरुले बैंक खाता सञ्चालन गरेर सोही खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधान अनुसार सबै उम्मेदवारहरुले अनिवार्य रुपमा छुट्टै बैंक खाता सञ्चालनमा ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ